जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • अदृश्य शक्तिको लडाई जित्न अदृश्य शक्तिलाई प्रार्थना गरौं

अन्तरवार्ता

अदृश्य शक्तिको लडाई जित्न अदृश्य शक्तिलाई प्रार्थना गरौं

शोभनदेव पन्त, सीइओ  बैंक अफ काठमाण्डू लिमिटेड

अदृश्य शक्तिको लडाई जित्न अदृश्य शक्तिलाई प्रार्थना गरौं

शोभनदेव पन्त नेपाली बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । बैकिङ्ग इतिहासमा ३ दर्शक भन्दा बढि विताएका पन्त मिडियामा देखा पर्न रुचादैनन् । साच्चै भन्नुपर्दा विओके मजबुद र अब्बल बैंक बनेको छ भन्दा अब चाहि फरक पर्दैन ।
नेपालको बैकिङ्ग इतिहासमा सबै भन्दा पूराना र अनुभवी बैंकर भित्र पन्तको नाम अग्रपंक्तिमा छ । २७ वटै वाणिज्य बैंकका सीइओहरुले अभिभावकको नाम लिँदा पन्तको नाम छुटाउनु हुँदैन ।

नेपालको दुईवटा वाणिज्य बैंक लुम्बिनी र विओके मिलेर बनेको धेरै शाखा, एटिएम र ग्राहक भएको बैंक अफ काठमाण्डूका सीइओ हुन शोभनदेव पन्त ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल अब पनि अछुतो रहेन । केही संकेटहरु देखा परेका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन । यस्तो विषम परिस्थितिमा पनि नेपालका निजी क्षेत्रको अब्बल र सबल विओकेले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र राज्य कोषमा विओकेले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा पूराना बैंकर एवं बैंक अफ काठमाण्डू लिमिटेडका सीइओ शोभनदेव पन्तसंग आर्थिक बजार डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० यो संवेदनशील र कठिन अवस्थामा बैंकहरुले भटाभट डिपोजिटका व्याजदर घटाएका छन् । यो ग्राहकलाई अन्याय भएन र सीइओ साब ?
म पनि ब्याज घटाउने संस्थाको बैंकर हु । महामारीको मौका छेपी व्याजदर घटाएका भन्ने समाचार आए यसलाई फरक तरिकाबाट बुझ्नु जरुरी छ । अहिले तरलता सहज छ । कर्जा गएको छैन । उद्योग धन्दा बन्द छन् । पर्यटन, उद्योगका लागि उर्जा थपिने भएकै कारण व्याजदर घटाएका हौं । यसले बैंकहरुको फस्ट फण्ड घट्न छ र हामीले केही राहत हुन्छ । कर्जा प्रति पनि राहत हुनेछ । अर्को कुरा तरलता हुँदा व्याजदर घट्ने र नहुँदा बढ्ने परम्परा बैकिङ्ग इतिहासमा छ । त्यसकारण अन्यथा लिनु हुँदैन नि । तर यो समस्याको समाधान चाहि पक्कै होइन नि ।

० लकडाउनको यो अवस्थामा भनिन्छ ८ खर्बका प्रोजेक्टहरुको काम ठप्प छ । यसले कस्तो असर बैकिङ्ग क्षेत्रमा पर्ने देख्नु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । ठूलो असर पक्कै छ । सन् २००८/९ मा देखिएको आर्थिक मन्दी अमेरिका र युरोपमा मात्रै सीमित भएका बेलामा कोभिड १९ ले ल्याएको आर्थिक मन्दीले पूरैविश्वमै असर पारेको छ । र, त्योभन्दा अझ खराब अवस्था संकेत देखिएको छ ।
यो आर्थिक क्षेत्रका लागि फरक असर हो । जुन आधुनिक अर्थतन्त्रमा पहिले कहिल्यै पनि देखिएको थिएन । एक सातादेखि अर्को साता हुँदै यो अहिले हरेक क्षेत्रमा होटल रेष्टुराँदेखि विमान कम्पनीसम्म असर पारेको कारणले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ । यसको क्षति अब बैकिङ्ग प्रणालीमा देखिने प्रस्टै छ ।

मानवीय संकटसँगै कसरी रिकभरी हुन्छ भन्ने कसैले अनुमान गरेको छैन । अहिले विश्व नै अदृश्य शत्रुसँग लडिरहेको छ । यो सन् १९३० मा आएको विश्वव्यापी अर्थतन्त्रमा परको असर जस्तै भएको देखिन्छ ।

अब यो लम्बियो भने अर्थतन्त्र कहाँ पुग्ने हो । त्यो म अनुमान गर्न सक्दिन तर, यस्तो नहोस् । कर्जाका साँवा व्याज नउठेपछि त कर्जा खराब कर्जा हुने निश्चित छ । यस कोरोनाभारी गर्न बैंकले केह ीगर्न सक्ने अवस्था देखिदैन । यसले नाफा घट्ने त पककै छ ।

० दुईवटा वाणिज्य बैंक विओके र लुम्बिनी बैंक मर्जर भएर बनेको यस बैंकले लकडाउनको विषम परिस्थितिमा कस्तो सेवा दिएको छ त ?
अरु बैंकले जस्तै सेवा दिएका छौं । एटिएममा पहिलो ध्यान हाम्रो छ । त्यसपछि शाखा खोली सेवा दिएका छौं । बचतकर्तालाई औषधीमुलो र खाद्यान्न खाना पैसाको अभाव चाहि हुन दिएको अवस्था छैन । केही अत्यावश्यकका सामानको एलसी र बैंक ग्यारेन्टीको काम गरेका छौं नि ।

० यस्तो कोरोना भाईरसको महामारीका बीच पनि बैंक गएर काम गर्ने कर्मचारीको स्वास्थ्यबारे चाही कति चिन्तित रहनु भएको छ ?
कर्मचारी हाम्रो सम्पत्ती हुनु । उहाँहरुको चिन्ता सबै भन्दा बढि हामीलाई हुन्छ । तर, हाम्ीले सबै रोगथामका सामान दिएका छौं । अर्को कुरा के छ भने हाम्रो बैंकका कर्मचारीलाई पैसाको खाँचो नहोस भनेर हामीले लकडाउन हुनु भन्दा पहिला नै तलब दिएका छौं । दोस्रो कुरा भीडभाड छैन । बैंकमा कारोबार पनि कम नै छ नि ।

० कोरोना भाईरस बिरुद्ध राज्यले स्थापना गरेको राष्ट्रिय कोषमा चाही के कस्ता सहयोग छ । तपाई पहिलो बैंकर हो जसले १ महिनाको तलब दिने घोषणा गरिसक्न भएको पनि छ नि सीइओ साब ?
हाम्रो बैंकले १ करोड राज्य कोषलाई दिएको छ । मैले व्यक्तिगतरुपमा १ महिनाको तलब दिने निर्णय गरेको छु । हामी यही समाजका मान्छे हौं । समाज प्रति दायित्व बढेको महसुस गर्दै मैले सो निर्णय गरेको हु । बैंकरलाई समाजले हेर्ने छुट्टै परम्परा छ । केही बढि तलब खान्छन् र केही कमाएका छन् भन्ने पनि छ । त्यसकारण समाजिक सेवाबाट उत्प्रेरित भएर मैले दिएको छु । यो बेला हुनेले दिने हो । जनता बचाउनु पर्दछ । अनि अरु हुने हो ।

आजसम्म नेपालमा जम्मा ९ जनामा रोग लागेको पुष्टि भएको छ । जसमध्ये १ जना निको भईरहेको अवस्था छ भने बाँकीको अहिले उपचार भईरहेको छ । आशा र प्रार्थना गरौं कि यो अवस्था यहाँभन्दा खराब नहोस भन्नचाहान्छ ु ।

० विश्वव्यापी रुपमा अदृष्य शक्तिका रुपमा फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई कति असर पार्ने देख्नु भएको छ ?
जे भए पनि आजका दिनसम्म यसले अर्थतन्त्रमा केही असर गरिसकेको देखिन्छ । अर्थतन्त्रमा भएको यो संकट समाधानमा केन्द्रीय बैंक एक्लैले केही गर्न सक्ने अवस्था अब रहेन । अहिले वित्तीय क्षेत्रसँगै प्रत्यक्षरुपमा पर्यटनजस्ता क्षेत्रमा ठूलो असर गरेको छ । यी क्षेत्रहरु रिकभर हुनका लागि पनि एकदेखि डेढ वर्षसम्म लाग्ने प्रस्टै देखिन्छ ।

किनभने पर्यटन क्षेत्र रातारात सम्हाल्न सकिने क्षेत्र होइन । र, कोरोना भाइरसको असर छिट्टै हट्ने संकेत देखिदैन । सबैभन्दा पहिले त पर्यटकहरुमा आत्मविश्वास जगाउनु महत्वपूर्ण हुन्छ । दोस्रो कुरा यस संकटले मारमा परेको क्षेत्रलाई फेरि पुर्नजन्म गराउनु पर्ने दायित्व बढेको छ । अन्य देशको संकटको तुलनामा नेपालको संकट अझ ठूलो हुन्छ । किनभने आत्मनिर्भर छैनौं । झण्डै ३० प्रतिशत जति जीडीपीमा रेमिट्यान्सको हिस्सा छ ।

साथै सरकारको कोषमा पनि आयातबाट आर्जन हुने राजस्वको हिस्सा ठूलो छ । साथै नेपालको वित्तीय क्षेत्रमा कर्जाको क्षेत्रमा पनि यसले ठूलो असर गर्नेछ । जसको प्रेसर बैंकिङ क्षेत्रमा पर्नेछ । खराब कर्जाको मात्रा बढ्नेछ । यो हाम्रो लागि चाही चुनौतिको पहाड हुने संकेत देखिन्छ । अर्को कुरा के चाही अहिले खाडी राष्ट्रमा पेट्रोलको मुल्य घटेको छ । यसको असर पर्ने देखिन्छ । यी राष्ट्रले हाम्रो कामदारलाई घर पठाउन सक्ने अवस्था नआउला भन्न सकिदैन । त्यसले रेमिटेन्समा ठूलो असर गर्ने पनि सक्दछ ।

आर्थिक संकटले गर्दा जीडीपी पनि ५ देखि ७ प्रतिशतले घट्ने आँकलन गरिएको छ । साथै बैंकको कर्जामा ठूलो असर पर्नुका साथै बढ्ने खराब कर्जाका कारण सेयरधनीहरुले पाउने लाभांशमा समेत असर गर्ने देखिन्छ ।

० राष्ट्र बैंकका बैंकको ग्राहकहरुका लागि ल्याएका सहुलियतका प्याकेजलाई कसरी लिनु भएके छ ?
यो पहिलो चरणको राहत हो । अन्तिम चाहि पक्कै होइन होला । यसले पुग्दैन । समस्या आउदैछ । त्यो केन्द्रीय बैंकले सल्टाउन सक्दैन । यसमा राज्य नै जमानी बस्नु पर्ला । राज्य नै अगाडी बढेर आउनु पर्ला ।

अहिले विश्वका शक्तिशाली र सम्पन्न राष्ट्रहरुले राज्यको जमानीमा कर्जा दिएको अवस्था पनि छ । नेपालमा हामी शुरुवाती अवस्थामै छौं । यो कति लम्बिीने हो यसमा पनि भरपर्दो कुरा छ । तर, यतिले चाही पुग्दैन नि ।

० सीइओ साब हामी नेपालीले नाकाबन्दी, भुकम्प, समाजका परिवर्तन कुरा धेरै कुरा देख्यौ र भोग्यो । तर, आज सुन्दै नसुनेको लकडाउन भोगिरहेको अवस्था छ । यसबाट कस्तो पाठ सिक्नु पर्ला ?
भूपेन्द्रजी अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नु भयो । अहिले संसार अप्ठ्यारोमा छ । अति राम्रा मुलुकहरुले त यो अदृश्य रोगलाई थेग्न हम्मे÷हम्मे परेको देखिन्छ । हामी त भगवान भरोसामा नै छौं । (WHO)को भनाई अनुसार हाम्रो यो रोगको दोस्रो चरणमा छौं । यसपछि कस्तो संकेत आउने हो यसमा ठूलो कुरा छ । दोस्रो कुरा यसलाई रोगथाम गर्ने उपायहरुको चाडो खोजी गरिनु प¥यो । आजका मुख्य आर्मी भनेका डाक्टर, नर्स र अस्पतालका कर्मचारी हुन् । उहाँहरुको म स्वास्थ्य लाभको कामना र सम्मान प्रकट गर्दछु । अर्को पक्ष हामी ठूला दुई राष्ट्रको बीचमा छौं । यो विचार गर्नुप¥या । भारतमा महामारीका केही रुप आईसकेको छ । खुल्ला सीमानाबाट मान्छे नेपाल भित्रिएको अवस्था जगजायर नै छ । त्यसकारण टेष्ट चाडो हुनु प¥यो । सबै हामी बाँच्नु प¥यो र जनता बचाउनु प¥यो । यो दायित्व राज्यले मात्रै होइन अब हामी ३ करोड नेपालीको दायित्व पनि हो । यो मान्छेबाट मान्छेमा आउने रोग भएकोले हामी सचेत र सजक पक्कै हुनपर्दछ ।

० यो मौका मैले तपाईसंग गुमाउन चाहिन मलाई भनिदिनुहोस् नेपाल राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । उहाँसंग तपाईहरु कति आशावादी रहनु भएको छ ?
राष्ट्र बैंकले चाहे जस्तै नेतृत्व पाएको छ । उहाँसंग मेरो लामो संगत भयो । मैले नयाँ गर्भनर महाप्रसाद अधिकारीज्यूलाई नजिकबाट चिनेको छु । त्यसकारण अनुभवी क्षमतावान र कुसल प्रशासक उहाँ हो भन्ने मेरो बुझाई छ । अर्को कुरा बैकिङ्ग क्षेत्रलाई ३० वर्ष नेपाल राष्ट्र बैंक भित्रै बसेर बुझेको अनुहार हामीले गर्भनर पाएका छौं । हामी सकारात्मक छौं । बैंकिङ्ग प्रणाली खुसी पनि छ ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अवस्था सबैका लागि सहज छैन । तर, हामीले लड्नु छ र जीत निकाल्नु पर्ने पनि छ । पहिलो कुरा यसरी बुझ्नु जरुरी छ । दोस्रो कुरा अदृश्य शक्तिसंग लडाई जित्न अदृश्य शक्तिसंग प्रार्थना गरौं र जीत हासील गरौं । विश्व रुवाएको यो अदृश्य रोगसंग त्रास नभई सामना गरौं । विश्व स्वास्थ्य संगठन (WHO) र राज्यले दिएको सबै निर्देशन घरमै बसी पालना गरौं । आफू बचौं र अरुलाई बचाउन भगवानसंग प्रार्थना गरौं ।

23365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका