जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठलाई निरन्तरता

राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठलाई निरन्तरता

राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समिति सदस्यले प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठलाई निरन्तरता दिने भएको छ।

सरकारी पूर्ण स्वामित्वको बैंकको सञ्चालकमा सरकारी प्रतिनिधिहरु छन्। श्रेष्ठलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो।

श्रेष्ठले बैंकको नेतृत्व लिएपछि खराब ऋण उठ्तिमा सुधार भएको छ। उनको नेतृत्वमा बैंक सबैभन्दा बढि नाफा कमाउन सफल भएको छ। बैंकले गत बर्षको नाफाबाट सरकारलाई लाभांससमेत दिएको थियो।

२०१३ सालमा चैनपुर नगरपालिका वडा नं १० संखुवासभामा जन्मी त्रिविविबाट जन प्रशासनमा स्नातकोत्तर उपाधी हासिल गरेका श्रेष्ठले यस अघि नेपालको अगुवा बैक नेपाल बैक लिमिटेडमा महाप्रवन्धकको जिम्मेवारी ( २०६९ देखि २०७१ ) सम्हालिसकेका छन्।

श्रेष्ठ पहिलो कार्यकाल राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत थिए। यसअघि खुल्ला प्रतिष्पर्धाबाट कृष्णप्रसाद शर्मा नियुक्त भएका थिए ।

10135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?