जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘ग्लोबल मनी वीक’मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

‘ग्लोबल मनी वीक’मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरेको छ।

‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले बैंकले चैत ४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो।

कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, वाग्मती प्रदेशका १६, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका जम्मा ८३ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ।

‘ग्लोबल मनी वीक–२०२५’ कै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेँसीमा वित्तीय साक्षरता सम्बन्धी र्‍याली समेत गरेको थियो।

वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्यूआर, पिन तथा पासवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरु आदि विषयमा विद्यार्थीहरुलाई ज्ञान प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा छ।

बैंकले हालै प्रकाशित गरेको वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक “डिजिटल बैंकिङको जादु” र साइबर सुरक्षा अन्तर्गत पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीहरुलाई वितरण गरेको थियो। साथै, बैंकले आफ्नो सामाजिक सञ्जालबाट चेतनामूलक सामाग्रीहरु समेत प्रसारण गरेको थियो।

2070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका