मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड होल्डर तिलप्रसाद पौडेलले बैंककको राउन्ड ट्रिप हवाई टिकट जितेका छन्।पौडेलले दुई जनाका लागि बैंककको राउन्ड ट्रिप हवाई टिकट जितेका हुन्। बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न दसैं तिहारको उपलक्ष्यमा भिसा कार्डबाहक ग्राहकबीच विशेष अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत पौडेल भाग्यशाली विजेता भएका हुन्।
बैंकले कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफर ल्याउने बताएको छ।
नेसनल लाइफको ‘सफलता संगम’: हेटौँडा शाखाबाट ४५ अभिकर्ता सम्मानित
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले भने सफलता संगम एमडीआरटी ग्रान्ड मोटिभेसनल एन्ड रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले एकैपटक नेपालभर ११७ वटा ब्रान्चमा शनिबार सफलता संगम कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा फागुन महिनामा कम्पनीले ल्याएको मासिक स्किमअन्तर्गत सफलता संगम र राराको यात्रामा पर्न सफल १५ जना र अन्य ३० जना अभिकर्तालाई हेटौँडा शाखाले सम्मान गरेको हो।

हेटौँडा शाखा प्रमुख नारायण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणा प्रमुख अतिथि, काठमाडौँ तीनकुनेका शाखा प्रमुख सूर्यबहादुर श्रेष्ठ अतिथि, एमडीआरटी दीपक अर्याल प्रशिक्षक अतिथि, राजु श्रेष्ठ अतिथि, एमडीआरटी मिन्द्रबहादुर माझी अतिथि, एमडीआरटी रविन्द्र लामिछाने अतिथि, सिस्नोपानी नेपाल मकवानपुर जिल्ला सचिव एवं मकवानपुर क्याम्पसका प्रमुख सुमाग्री हुमागाई र पूर्वएमडीआरटीद्वय भरत रोक्का र नेसनल रत्न आस्मा पोखरेल अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा विभिन्न विधामा ४५ जना अभिकर्तालाई सम्मान गरिएको छ। कार्यक्रममा करिब २०० जना अभिकर्ताको उपस्थिति थियो।

कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि नृत्य प्रस्तुत गर्ने व्यावसायिक प्रबन्धक स्मिता आचार्य र विश्वबन्धु रोक्कालाई पनि विशेष धन्यवाद दिइएको थियो। कार्यक्रमको सञ्चालन व्यावसायिक प्रबन्धक राजकुमार चौलागाईंले गरेका थिए। कार्यक्रममा नेसनल हेटौँडा शाखाका व्यावसायिक प्रबन्धकहरुसँग सन्ध्याकालीन कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

कार्यक्रमको उद्घाटन एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले पानसमा बत्ती बाली गरेका थिए। कार्यक्रममा विशेषगरी २०२५ का एमडीआरडी भूमिनन्द गौतमलाई विशेष सम्मानका साथ सफलता संगम कार्यक्रममा पर्न सफल हुने र रारा स्किममा पर्न सफल हुने सम्पूर्ण व्यावसायिक प्रबन्धकहरुका साथै विभिन्न स्किममा पर्ने ४५ जना व्यावसायिक प्रबन्धकलाई कम्पनीको व्यावसायिक प्रवर्द्धनका लागि भिजिटिङ कार्ड प्रधान ब्याजलगायत अन्य सामग्रीको हस्तान्तरण गरी सम्मान गरिएको थियो।

कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्दै हेटौँडा शाखा कार्कीले बीमाको महत्व बुझाउँदै अब प्रत्येक नेपाली बीमाको दायराबाट बाहिर नहुने गरी बीमा जागरण अभियानमा लाग्न सम्पूर्ण अभिकर्तालाई सुझाव दिए। कार्यक्रमका अन्य वक्ताले पनि अभियानमा एकजुट भएर आमनेपालीलाई बीमाको वास्तविकता बुझाउँदै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख राणाले हरेक दृष्टिकोणबाट नेसनल लाइफ नेपालकै नम्बर वान कम्पनी भइसकेको बताए। उनले अब निकट भविष्यमै बीमाशुल्क संकलनमा पनि नेपालको प्रथम कम्पनी बनाउनुपर्नेमा जोड दिए।हरेक नेपालीले बीमाको महत्व नबुझ्नाले ठूलो आर्थिक भारसमेत भोगिरहेको उल्लेख गर्दै राणाले यसको न्यूनीकरण गर्नका लागि चाँडोभन्दा चाँडो प्रत्येक नेपालीले आफ्नो जीवनको सुरक्षा अनिवार्य रुपमा गर्नुपर्नेसमेत बताए। उनले हेटौँडा शाखाले आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले तोकिएको एमडीआरटी लक्ष्यमा पुग्न सफल भूमिनन्द गौतमलाई दुबोको माला र खादाले सम्मान गरी व्यवसाय वृद्धि गरेको खुसियालीमा सम्पूर्ण अभिकर्ता एकजुट भई केक सेलिब्रेसन गरी कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए।

प्रभु महालक्ष्मी लाइफद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीको प्रधान कार्यालय, कमलादीमा आइतबार आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तिथी मिति तथा सार्वजनिक बिदाहरु समेटिएको अगामी वर्ष २०८२ को क्यालेण्डर समयमै प्रकाशित गरेको बताए ।
प्रकाशित २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर वितरण कार्य आजैबाट सुरु हुने बताए ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई लगायत उच्च व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन्। बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक, कम्पनीको मेरुदण्डका रुपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्ने शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालालाई नयाँ वर्ष २०८२ को अग्रिम शुभकामनासमेत व्यक्त गरेको छ।
आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए। यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागिपर्ने उनले प्रतिबद्धता गरे।
बिर्तामोडमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बिर्तामोडमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा २ दिने निःशुल्क नाक, कान, आँखा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। यातायात क्षेत्रमा कार्यरत मजदुर तथा चालकहरूको स्वास्थ्यलाई ध्यानमा राखी आयोजना गरिएको यो शिविर २०८१ साल चैत ७ र ८ गते सम्पन्न भएको थियो।
शिविरमा करिब ५०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका थिए। परीक्षण गरिएका बिरामीहरूलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। विशेष गरी यातायात चालकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो शिविरमा नाक, कान, आँखाका समस्या भएका व्यक्तिहरूको प्रारम्भिक परीक्षण तथा परामर्श दिइएको थियो।
स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य विशेषज्ञहरूको टोलीले सहभागीहरूलाई आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेको कम्पनीले जानकारी दिएको छ। आयोजक संस्थाहरूका अनुसार यो शिविर यातायात मजदुर तथा चालकहरूको स्वास्थ्य समस्या पहिचान गर्दै उपचारमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षणको अवसर पाएर आफूलाई लाभान्वित महसुस गरेको प्रतिक्रिया दिएका छन्।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाका प्रमुख सुशिल थापाले शिविर सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार कम्पनीले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यस्ता स्वास्थ्य कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधिहरूले पनि यातायात मजदुरहरूको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएका छन्। उनीहरूले आगामी दिनमा अझ बढी स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाबारे जानकारी गराएका छन्।
यस स्वास्थ्य शिविरले यातायात क्षेत्रमा कार्यरत मजदुरहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ छ। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिर्तामोडमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न८ चैत्र २०८१, शुक्रबार १४:२८41Shares





एशियन लाइफको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ सम्पन्न
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको होटल पौवामा सम्पन्न भएको हो ।कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईले उपस्थित कर्मचारीलाई तालिम दिएका थिए । उनले कम्पनीको व्यवसायीक रणनीति र कर्मचारीहरुलाई हौसला प्रदान गरेका थिए ।

कम्पनीले प्रदान गरेको तालिमल आफुहरुलाई आउँदो दिनमा अझै प्राथमिकताको साथ बीमा व्यवसाय गर्न उत्साह मिलेको सहभागी कर्मचारीहरुले प्रतिक्रिया दिएका छन् ।
सानिमा बैंकद्वारा ग्लोबल मनी विकमा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सानिमा बैंकले चैत ४ देखि चैत्र १० गतेसम्म ग्लोबल मनी विक अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ एटीएम सञ्जालहरु संचालनमा छन् ।
सानिमा रिलायन्स लाइफको रक्तदान कार्यक्रम पोखरामा सम्पन्न
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं बार्षिकोत्सबको अवसरमा प्रादेशीक कार्यलय पोखराले, पोखरा न्यूरोडमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा, कास्कीको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा ३९ युनिट रगत संकलन भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख, केशव प्रसाद दाहालले जीवन बीमा गराउदा बीमितको आम्दानीलाई ध्यान दिएर बीमा गराउनु पर्नेमा जोड दिए ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ विजनेश अफिसर सन्दीप कसजुले यस संस्थाले ग्राहकका लागी उत्कृष्ट बीमा योजना उपलब्ध गर्नुका साथै सामाजीक क्षेत्रका कार्यलाई पनि निरन्तरता दिने बताए ।
साथै यस संस्थाका गण्डकी प्रादेश प्रमुख बिनोद प्रसाद त्रिपाठीले सम्पूर्ण सहयोगी तथा रक्तदातालाई स्वागत तथा धन्यवाद मन्तव्य राखेका थिए ।
विश्व पानी दिवसमा सिद्धार्थ बैंकको ‘वाकाथन’
विश्व पानी दिवसका अवसरमा सिद्धार्थ बैंकले प्रभातफेरी कार्यक्रम (वाकाथन) आयोजना गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसका अवसरमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको हो । वाकाथन नक्साल नारायणचौरबाट सुरु भएर हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरीधारा हुँदै पुनः नक्सालसम्म पुगेर सम्पन्न भएको थियो ।
दिवसको उद्देश्य दिगो विकास लक्ष्य अन्तर्गत सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पुर्याउनु हो । यस अवधिमा पानीको महत्त्वबारे जनचेतना फैलाउने विभिन्न अभियान सञ्चालन गरिन्छ ।
यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ उद्देश्य थप सार्थक बनाउन र जनमानसमा पानीको महत्त्वबारे जनचेतना फैलाउन वाकाथन कार्यक्रम आयोजना गरेको जनाएको छ ।
दिगो विकास लक्ष्य आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रिया सोही अनुरूप गर्दै आएको बैंकको भनाइ छ । बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यता अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रम समेत लागु गरिसकेको छ।
पानीको दिगो व्यवस्थापन नगरे भविष्यमा स्वच्छ पानी अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउने उद्देश्य वाकाथन कार्यक्रमको रहेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरू पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनुपर्ने बताए । उनले पृथ्वीको तापमान वृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको पनि बताए ।
कार्यक्रममा बैंकका कर्मचारी लगायत सरोकारवाला गरी ६ सय ५६ जना सहभागी थिए ।

महालक्ष्मी विकास बैंकद्वारा “नेपाल दसैं अभियान-२०२४” को विजेताहरु घोषणा
महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बंैकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ ।
नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो ।
विजेतहरु क्रमश: नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन् । यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यस किसिमको अभियान बाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ ।
लघुवित्त बैकर्स संघ र लघुवित्त कर्मचारी मञ्च बाँकेको आयोजना वित्तीय सचेतना सम्पन्न
नेपाल लघुवित्त बैकर्स संघको सहकार्य र लघुवित्त कर्मचारी मञ्च,कोहलपुर बाँकेको आयोजनामा विश्व वित्तीय जागरण महाअभियान अर्थात ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम चैत ८ गते शुक्रबार सम्पन्न भएको हो ।
हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा देशव्यापी रुपमा ग्लोबल मनी विक मनाइन्छ। यसपालि यो अभियान मार्च १७ देखि २३ सम्म मनाइँदैछ। ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ यो कार्यक्रम मनाउने क्रम जारी रहेको छ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका निर्देशक तथा विभिन्न लघुवित्त वित्तीय संस्थाबाट बाक्लो उपस्थिती रहेको थियो । आम सर्वसाधारणलाई वित्तीय ज्ञान होस भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।
अहिलेको युवापुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने गरेका छन्। कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरुले वित्तीय लगानी, बचत लगायतका विषयमा जानकारी दिएका थिए ।
अग्रनाइजेजन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रुपमा यो अभियान सञ्चालन हुँदै आएको छ। यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओईसीडीले जनाएको छ।
सानिमा रिलायन्स लाइफले मनायो आठौँ वार्षिकोत्सव
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले आज चैत ९ गते आठौँ वार्षिकोत्सव मनाएको हो । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आज विशेष दिन विशेष तरिकाले मनाएको छ ।
सो अवसरमा संस्थाका संचालक समिति, शेयरधनी ,अभिकर्ता, कर्मचारी, ग्राहक महानुभाव, नियमनकारी निकाय तथा सम्पूर्ण शुभचिन्तकहरुलाई साथ र सहयोगका लागि कम्पनीले धेरै धेरै धन्यवाद व्यक्त गरेको छ ।
बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक यस सानिमा रिलायन्स लाइफले ग्राहकहरुलाइ सरल र सहज सेवा प्रदान गर्दै आइरहेको छ ।












