भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको Best 25 Visa Spender Campaign मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरुलाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सीईओ मनोजकुमार ज्ञवाली, डेपुटी सीईओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्ती लगायतको उपस्थिति थियो ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।
बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको २०० वटा शाखाहरु सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको छ । आज उक्त शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ कारोवारको शुरुवात गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुरयाउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा बताए । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पु्र्याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
नयाँ शाखा शुभारम्भ भएको दिनमानै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ मा सञ्चालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयूटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ । विद्यालयमा आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सो सामाग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै उनले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले अवैधरुपमा भित्रिएको भेपबारे सांसदहरुले लगाएको आरोपको खण्डन गरेका छन्। उनले बिहिबार प्रेस विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोकमा समातिएको ट्रकमा रहेको भेप आफूले आयात नगरेको प्रस्ट पार्दै सांसदहरुलाई तथ्यमा आधारित भएर अभिव्यक्ति दिन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बिहिबारकै बैठकमा सांसद गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा समातिएको भेप भाटभटेनी सुपरमार्केटको भएको आरोप लगाएका थिए।
‘सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको अवैध भेप भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं,’ गुरुङले विज्ञप्तिमा भनेका छन्, ‘प्रतिनिधि सभामा व्यक्त धारणा तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौं। भेपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ठोकुवा गर्नु खेदजनक कार्य हो।’
उनले मुलुकको समृद्धिको अभियानको अग्रणी कर्पोरेट संस्थाविरुद्ध कपोलकल्पित आरोप लगाइएको भन्दै त्नयसको पछि नलाग्न आम नागरिकसँग अपिल गरेका छन्।
‘अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन अवैध भेपलाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरुमा विश्वास दिलाउन चाहन्छौं।’
नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको हो ।
बीमा कम्पनीहरूले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सो को समेत सातभित्र जानकारी दिन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिइएको प्राधिकरणले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
बैंक वित्तीय क्षेत्रमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई व्यवस्थापन गर्न सकस भएको छ । राष्ट्र बैंकले बैंकहरूको प्रणालीबाट तरलता खिचिरहे पनि अधिक तरलताको अवस्था यथावत नै छ । बुधबार मात्रै राष्ट्र बैंकले बैंकवित्तीय संस्थाबाट २५ खर्ब खिचेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा मात्रै राष्ट्र बैंकले १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ ।
यो अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ०९ अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब गरी कुल १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो। २ अर्ब ७० करोड रुपैयाँ ओभरनाइट तरलता सुविधा उपयोग भएको उल्लेख गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद २७ अर्ब ९४ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ८७ करोड खुद खरिद गरी ३ खर्ब ८७ अर्ब ५६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १९ करोड रुपैयाँ खुद खरिद गरी ४ खर्ब २४ अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो।
माघसम्मको अवधिमा अमेरिकी डलर २ अर्ब २४ करोड रुपैयाँ बिक्री गरी ३ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १६ करोड रुपैयाँ बिक्री गरी २ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।
आर्थिक वर्ष २०८१÷८२ को ७ महिनामा वाणिज्य बैंकहरुको ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब २ अर्ब २० करोड रुपैयाँ गरी कुल १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ७६ अर्ब २६ करोड रुपैयाँ गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो।
राष्ट्र बैंकको तरलता खिच्ने नीतिले अर्थतन्त्र गतिशिल बन्दैनः पूर्वगभर्नर क्षेत्री
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशिल बनाउने उपयुक्त नीति नभएको बताउँछन् । उनले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशत भन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताए । उनले त्यसलाई सहजीकरण गर्न राष्ट्रले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशिल बनाउन नसक्ने बताए ।
सुदुरपश्चिम प्रदेशको भिमदत्त नगरपालिका -१०, सुकासाल कञ्चनपुरमा रहेको महेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले १ थान प्रोजेक्टर सहयोग प्रदान गरेको छ ।
पठनपाठनमा अभिवृद्धि गराउनको लागि सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत प्रोजेक्टर सहयोग गरिएको हो । उक्त विद्यालयमा न्युन परिवारिक आय भएका विद्यार्थीहरु अध्ययनरत रहेको र सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको महेन्द्रनगर शाखाका शाखा प्रमुख शंकरप्रसाद जोशीले बताए । कार्यक्रममा शाखा प्रमुख जोशीले १ थान प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
विश्वकै प्रतिष्ठित अवार्ड “बैक अफ द ईयर २०२४“ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७५ वटा शाखारहित बैंकिग इकाईहरुबाट १८ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन् । बिहीवार पोखरामा आयोजना गरिएको एशोसिएसनको १९ औँ वार्षिक साधारण सभाले कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा दिनेश थकाली, सचिवमा माधब प्रसाद उपाध्याय र कोषाध्यक्षमा कपिल ढकाल चयन भएका हुन्। सदस्यहरूमा नरेश सिंह बोहरा, प्रकाश पौडेल, दिपेश लम्साल, हरिबहादुर बुढाथोकी र दिनेश पोखरेल रहेका छन्।
सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०८१/८२ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।
पुनः निर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्वाचित गर्नका लागि सबै सदस्य बैंकहरूको आभार व्यक्त गर्दै आगामी दिनमा विकास बैंकहरूको हक र हितका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सबै सदस्य बैंकरहरूको सघन सहयोग र सुझावका लागि अनुरोध गर्दै एशोसिएसनको आगामी योजनाहरूमा सबैको सहकार्यको महत्व औंल्याए।
ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्लोबल मनी वीक २०२५ को”Think before you follow, wise money tomorrow” भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, कुमारी बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग,, Finfluencers (Financial Influencers) को प्रभाव, र Artificial Intelligence (AI) को प्रवेशले सर्वसाधारण, विषेशगरि युवाहरुलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पु¥याउने उद्देश्य राखेको छ ।
कार्यक्रम अन्तर्गत, सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ । यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरे ।
क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ । तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।
क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए ।
विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’ कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदैच आइरहेको छ ।
सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनि वीक २०२५’ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम चैत ७ गते पनौती नपा–८ काभ्रेमा अवस्थित तेजगंगा बहुमुखि क्याम्पसमा सम्पन्न भएको हो । तेजगंगा बहुमुखि क्याम्पसका कक्षा ११ तथा १२ का गरी जम्मा ७५ जना विद्यार्थीको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्रप्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय वाणिज्य बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन लयमा फर्किदै गएका छन् भन्दा अब फरक पर्दैन । चालु वर्षको यो ८ महिनामा कर्जा र निक्षेप दुवै बढेर गएको राष्ट्र बैंककै तथ्याङ्कबाट देखिन्छ । फागुन मसान्त सम्ममा सबै भन्दा बढि कर्जा प्रवाह र निक्षेप संकलन सबैभन्दा बढी पूँजी भएको ग्लोबल आईएमई बैंकले प्रवाह गरेको भेटिएको छ । दोस्रोमा भेन्ट्रान बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना सिइओ रहेको नबिल बैंकको छ ।
बैंकहरुको कर्जा प्रवाह सुस्ताइ रहेको बेला पछिल्लो तथ्यांकले भने लयमा फर्किंन लागेको देखाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ ।
तेस्रोमा अनुभवी एवं दक्ष बैंकर ज्योति प्रकाश पाण्डे सिइओ रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले कर्जा प्रवाह र निक्षेप संकलन गरेको देखिन्छ । चौथोमा पहिलो पटक सुदेश खालिङ (नेपाली सिइओ) पाएको एभरेष्ट बैंक लिमिटेडले कर्जा प्रवाह गरेको देखिन्छ । भन्दा अब फरक पर्दैन । बैंकहरुको कर्जा प्रवाह सुस्ताइ रहेको बेला पछिल्लो तथ्यांकले भने लयमा फर्किंन लागेको देखाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ५.६२ प्रतिशतले बढ्दा कर्जा प्रवाह ६.१२ प्रतिशतले बढेको देखिएको हो । गत आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कुल ५७ खर्ब १५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । उक्त निक्षेप चालु आवको माघ मसान्तसम्म बढेर ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।
निक्षेप संकलनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आक्रमक देखिएको छ । बैंकले निक्षेप ९.७३ प्रतिशतले बढेर ४ खर्ब ५२ अर्ब रुपैयाँ पुर्याएको छ ।
चालु आर्थिक वर्षको फागुन समान्तसम्मको अवधिमा ग्लोबल आइएमई बैंकले आफ्नो निक्षेप संकलन सबैभन्दा बढी रहेको छ । कम्पनीको निक्षेप ५.०७ प्रतिशतले बढेर ५ खर्ब ३३ अर्ब रुपैयाँ पुर्याएको देखिन्छ । नबिल बैंकको निक्षेप संकलन ६.१७ प्रतिशतले बढेर ५ खर्ब ३अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आक्रमक देखिएको छ । बैंकले निक्षेप ९.७३ प्रतिशतले बढेर ४ खर्ब ५२ अर्ब रुपैयाँ पुर्याएको छ । यसै कृषि विकास बैंकले २ खर्ब ५३ अर्ब, सिटिजन्स बैंकले २ खर्ब, एभरेष्ट बैकले २ अर्ब ६७ करोड, हिमालयन बैंकले ३ खर्ब, कुमारी बैंकले ३ खर्ब ५६ अर्ब, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ५० अर्ब, माछापुछ्रे बैंकले १ खर्ब ६८ अर्ब, नेपाल बैंकले ३ खर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो । यस्तै चालु आर्थिक वर्षको ८ अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ६.१२ ले बढेर ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
एभरेष्ट बैंकको कर्जा लगानीमा पनि उल्लेखनीय वृद्धी देखिएको छ।
गत असाससम्ममा बैंकहरुले ४५ खर्ब ७० करोड कर्जा प्रवाह गरेका थिए । ग्लोबल आइएमई बैंकले कर्जा प्रवाहमा अग्रस्थान हासिल गरेको छ। समिक्षा अवधिमा बैंकको कर्जा लगानी ३९ अर्ब ६ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो असार महिनाको तुलनामा १० प्रतिशतले बढी हो । एभरेष्ट बैंकको कर्जा लगानीमा पनि उल्लेखनीय वृद्धी देखिएको छ। यस अवधिमा बैंकले २० प्रतिशतले कर्जा प्रवाह विस्तार गर्दै ३७ अर्ब ५८ करोड रुपैयाँ थप गरेको छ, जसले गर्दा बैंकको कुल कर्जा लगानी २ खर्ब २४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
नेपाल बैंकको कर्जा प्रवाह १७ अर्ब ६७ करोडले वृद्धि भएको छ भने, माछापुच्छ्रे बैंकले १४ अर्ब ५ करोड, सानिमा बैंकले १३ अर्ब ९० करोड, सिटिजन बैंकले १२ अर्ब ३० करोड, सिद्धार्थ बैंकले १२ अर्ब ९ करोड, कुमारी बैंकले ७ अर्ब ६८ करोड, नेपाल एसबिआई बैंकले ६ अर्ब ८३ करोड तथा हिमालयन बैंकले ४ अर्ब ९ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन् ।
त्यसैगरी, अन्य बैंकहरूका कर्जा विस्तार विवरण पनि रोचक छन्। एनएमबि बैंकले २९ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब ४२ करोड, लक्ष्मी सनराइज बैंकले २६ अर्ब ९ करोड, नबिल बैंकले २६ अर्ब ४ करोड, इन्भेष्टमेन्ट मेगा बैंकले २२ अर्ब ८३ करोड, प्राइम बैंकले २१ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह वृद्धि गरेका छन् । नेपाल बैंकको कर्जा प्रवाह १७ अर्ब ६७ करोडले वृद्धि भएको छ भने, माछापुच्छ्रे बैंकले १४ अर्ब ५ करोड, सानिमा बैंकले १३ अर्ब ९० करोड, सिटिजन बैंकले १२ अर्ब ३० करोड, सिद्धार्थ बैंकले १२ अर्ब ९ करोड, कुमारी बैंकले ७ अर्ब ६८ करोड, नेपाल एसबिआई बैंकले ६ अर्ब ८३ करोड तथा हिमालयन बैंकले ४ अर्ब ९ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन् । केही बैंकहरूको कर्जा प्रवाहमा भने गिरावट देखिएको छ। समिक्षा अवधिमा एनआइसी एशिया बैंकको कर्जा लगानी ३५ अर्ब ४३ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ८३ करोड तथा प्रभू बैंकको १ अर्ब ३५ करोड रुपैयाँले घटेको छ । सचेत भया ।
नेपालमा संचालित फाइनान्स कम्पनीहरुको व्यापारमा डरलाग्दो गिरावट आएको छ । भन्दा फरक पर्दैन । सातवटा फाइनान्स कम्पनी घाटामा छन् भने खराब कर्जा बढेर १२ प्रतिशत माथी पुगेको भेटिएको छ । भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था नाजुक मात्रै छैन डरलाग्दो पनि छ भन्दा फरक पर्दैन । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सहरुले समग्रमा ७४ करोड २३ लाख रुपैयाँ घाटा ब्यहोरेको भेटिएको छ गभर्नर साब हेक्का होस् । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले समग्रमा ७ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए । चालु आवको दोस्रो त्रैमाससम्म ७ वटा फाइनान्स घाटामा देखिएका छन् भने ८ वटा फाइनान्स भने नाफामा उक्लिएका छन् । गत आवको सोही अवधिसम्म जम्मा ५ वटा फाइनान्स कम्पनी मात्रै घाटामा थिए ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढीमा ५ प्रतिशत मात्रै भए सो कम्पनीको वित्तीय अवस्था राम्रो भएको मानिन्छ । यदि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत वा सो भन्दा बढी भएमा उक्त संस्थाको वित्तीय स्वास्थ्य बिग्रिँदै गएको देखिन्छ ।
८ वटा फाइनान्न कम्पनी नाफामा उक्लिएपनि बाँँकी ७ कम्पनीले अत्यधिक घाटा ब्यहोरेका कारण फाइनान्सहरुको नाफा प्रभावित देखिएको देखिन्छ । फाइनान्स कम्पनीहरुमा खराब कर्जा चुलिँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढीमा ५ प्रतिशत मात्रै भए सो कम्पनीको वित्तीय अवस्था राम्रो भएको मानिन्छ । यदि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत वा सो भन्दा बढी भएमा उक्त संस्थाको वित्तीय स्वास्थ्य बिग्रिँदै गएको देखिन्छ । दोस्रो त्रैमाससम्म आइपुग्दा ११ फाइनान्स कम्पनीको निष्क्रिय कर्जा १२ प्रतिशत वा सो भन्दा बढी छ । खराब कर्जा चुलिँदै गएपछि कम्पनीहरुले ब्याज आम्दानी गर्न नसक्दा नाफा प्रभावित बन्न पुगेको देखिन्छ भन्दा फरक पर्दैन ।
चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै नाफा मन्जुश्री फाइनान्सले कमाएको छ । कम्पनीले सो अवधिसम्म ११ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११.०१ प्रतिशत बढी हो । त्यस्तै, दोस्रोमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले पनि १० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १०५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
फाइनान्सले ६५ करोड ३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । त्यस्तै, जानकीले २४ करोड ८२ लाख, रिलायन्सले ११ करोड ९७ लाख, समृद्धिले ६ करोड २८ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङले २ करोड १८ लाख, बेष्ट फाइनान्सले १ करोड ७२ लाख र गोर्खाज फाइनान्सले २५ लाख रुपैयाँ घाटा ब्यहोेरेका छन् भन्दा फरक पर्दैन ।
यसका साथै प्राग्रेसिभ फाइनान्सले ८ करोड ५३ लाख रुपैयाँ, नेपाल फाइनान्सले २ करोड ५ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ३ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले १ करोड ४१ लाख रुपैयाँ, गुडविल फाइनान्सले १ करोड ४ लाख रुपैयाँ, र सेन्ट्रल फाइनान्सले ३४ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिसम्म ७ वटा फाइनान्सले भने घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा पोखरा फाइनान्स रहेको छ । फाइनान्सले ६५ करोड ३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । त्यस्तै, जानकीले २४ करोड ८२ लाख, रिलायन्सले ११ करोड ९७ लाख, समृद्धिले ६ करोड २८ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङले २ करोड १८ लाख, बेष्ट फाइनान्सले १ करोड ७२ लाख र गोर्खाज फाइनान्सले २५ लाख रुपैयाँ घाटा ब्यहोेरेका छन् भन्दा फरक पर्दैन । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।
चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरे इपीएस प्रोग्रेसिभ फाइनान्सको छ । कम्पनीको इपीएस २०.१३ रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रो बढी इपीएस आइसीएफसी फाइनान्सको १८.४४ रुपैयाँ छ । यता मन्जुश्री फाइनानसको इपीएस १७.३३ रुपैयाँ, मल्टीपर्पसको ६.५७ रुपैयाँ, नेपाल फाइनान्सको ५.६२ रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सको २.८३ रुपैयाँ, गुडविलको २।२२ रुपैयाँ र सेन्ट्रल फाइनान्सको ०.७४ रुपैयाँ रहेको छ । सो अवधिसम्म पोखरा फाइनान्सको इपीएस ११७.८६ रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ भने जानकी फाइनान्सको पनि ७१.९१ रुपैयाँ ऋणात्मक अवस्थामा छ । चालु आवको दोस्रो त्रैमाससम्म ११ वटा फाइनान्स कम्पनीको खराब कर्जा ९एनपीएल०सीमाबाहिर छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढीमा ५ प्रतिशत हुनुपर्नेछ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ९८.१८ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ७.५७ प्रतिशत, गुडविलको ६.७७ प्रतिशत र मल्टीपर्पस फाइनान्सको ५.४५ प्रतिशत रहेको छ भने अन्य कम्पनीको एनपीएल ५ प्रतिशत भन्दा तल रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आर्जित मुनाफाबाट केही प्रतिशत रकम लाभांश बाँड्नका लागि छुट्याएका हुन्छन् वा छुट्याउनुपर्ने प्रावधान छ । सेयरधनीहरुलाई आर्थिक वर्ष सकिएपछि छुट्याएको मुनाफाबाट कम्पनीले लाभांश बाँड्नुपर्छ ।
सबैभन्दा बढी एनपीएल जानकी फाइनान्सको छ । कम्पनीको खराब कर्जा अनुपात ४०.८८ प्रतिशत छ । त्यस्तै, पोखरा फाइनान्सको ३३.४४ प्रतिशत, समृद्धि फाइनान्सको १९.३४ प्रतिशत, गोर्खाज फाइनान्सको १४.४२ प्रतिशत, रिलायन्स फाइनान्सको १४.३१ प्रतिशत, सेन्ट्रल फाइनान्सको ११.९४ प्रतिशत र नेपाल फाइनान्सको १०.४६ प्रतिशत छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ९८.१८ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ७.५७ प्रतिशत, गुडविलको ६.७७ प्रतिशत र मल्टीपर्पस फाइनान्सको ५.४५ प्रतिशत रहेको छ भने अन्य कम्पनीको एनपीएल ५ प्रतिशत भन्दा तल रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आर्जित मुनाफाबाट केही प्रतिशत रकम लाभांश बाँड्नका लागि छुट्याएका हुन्छन् वा छुट्याउनुपर्ने प्रावधान छ । सेयरधनीहरुलाई आर्थिक वर्ष सकिएपछि छुट्याएको मुनाफाबाट कम्पनीले लाभांश बाँड्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुले त्रैमासिक रिर्पोटमा वितरणयोग्य मुनाफा छुट्याएर कतिसम्म लाभांश दिन सक्छन् भन्ने विवरणमा देखाएका हुन्छन् तर दोस्रो त्रैमाससम्म अधिकांश फाइनान्स कम्पनी लाभांश दिनै नसक्ने अवस्थामा देखिएका छन् । सो अवधिसम्म १० वटा फाइनान्स कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेको छ भने तीनवटाको धनात्मक रहेको छ । जानकी र मल्टीपर्पस फाइनान्सले भने वितरणयोग्य मुनाफा वित्तीय विवरणमा उल्लेख गरेका छैनन् ।
सबैभन्दा बढी ऋणात्मक हुने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा सो अवधिसम्म १ अर्ब ५५ करोड २० लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । साथै तीनवटा फाइनान्सको यस्तो अवस्था भने धनात्मक नै देखिएको छ । मन्जुश्री फाइनान्सको वितरणयोग्य मुनाफा १५ करोड ९ लाख रुपैयाँ, आइसीएफसी फाइनान्सको ४ करोड ४९ लाख र श्री इन्भेष्टेमेन्ट फाइनान्सको ९९ लाख रुपैयाँ रहेको देखिन्छ । भन्दा फरक पर्दैन । फाइनान्स कम्पनीहरुको व्यवसायमा देखिएको गिरावट र खराब कर्जा अनुपात हेर्दा यि कम्पनी माथी राष्ट्र बैंक मौन बस्नुको भित्री कारण के हो ? यो चाहि खोजीको विषय बनेको छ । सचेत भया ।