जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा सुयोग श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा सुयोग श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन् । बिहीवार पोखरामा आयोजना गरिएको एशोसिएसनको १९ औँ वार्षिक साधारण सभाले कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा दिनेश थकाली, सचिवमा माधब प्रसाद उपाध्याय र कोषाध्यक्षमा कपिल ढकाल चयन भएका हुन्। सदस्यहरूमा नरेश सिंह बोहरा, प्रकाश पौडेल, दिपेश लम्साल, हरिबहादुर बुढाथोकी र दिनेश पोखरेल रहेका छन्।

सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०८१/८२ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।


पुनः निर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्वाचित गर्नका लागि सबै सदस्य बैंकहरूको आभार व्यक्त गर्दै आगामी दिनमा विकास बैंकहरूको हक र हितका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सबै सदस्य बैंकरहरूको सघन सहयोग र सुझावका लागि अनुरोध गर्दै एशोसिएसनको आगामी योजनाहरूमा सबैको सहकार्यको महत्व औंल्याए।

2120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका