जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बैंक, विकास बैंक र वित्तिय कम्पनीका संचालकहरुका संघ संस्थामा सामाजिक उत्तरदायित्वको पैसामा लुट मच्चाएको भेटिएपछि राष्ट्र बैंकले लगायो डण्डा !

नेपालका बैंक, विकास बैंक र वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्ने पैसा संचालकहरुका संघ संस्थामा खर्च गरेको भेटिएपछि जाँदा जाँदै गभर्नर महाप्रसाद अधिकारीले डण्डा प्रहार गरेका छन् भन्दा अब फरक पदैन । विदामा बस्ने अघिल्लो दिन गभर्नर अधिकारीले एउटा भएपनि राम्रो निर्णय गरेका छन् भन्दा अब फरक पर्दैन । उनीको कार्यकाल चैत्र २५ गते सकिदैछ । दर्जनौ वाणिज्य बैंकहरुको सामाजिक उत्तरदायित्वको पैसा सिइओ र बैंक संचालकका आफन्ताहरुलाई बाँडेपछि राष्ट्र बैंकले दर्जनौ नयाँ नियम लागु गरेको छ भन्दा फरक पर्दैन ।

विकास बैंकले त सामाजिक उत्तरदायित्वको पैसा आफ्ना संचालक समितिका अध्यक्षका कृषि फर्मदेखि विभिन्न राजनीतिक पाटी र आफ्ना घर आगनका संस्थालाई दिएको भेटिएको छ । जनताको डिपोजिटको पैसामा संचालकहरुले मच्चाएको लुटलाई ४ वर्ष ११ महिना ५ दिन छुट दिएर घर जाँदा जाँदै गभर्नर अधिकारीले अंकुश लगाएको एक डिपुटी गभर्नरले पंक्तिकारसंग बताए । अब बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने खर्च अब पारदर्शी र प्रभावकारी बनाउनु पर्ने भएको छ । भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकले ’बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो खर्चलाई स्पष्ट पार्न निर्देशन नै जारी गरेको छ ।

जनताको डिपोजिटको पैसामा संचालकहरुले मच्चाएको लुटलाई ४ वर्ष ११ महिना ५ दिन छुट दिएर घर जाँदा जाँदै गभर्नर अधिकारीले अंकुश लगाएको एक डिपुटी गभर्नरले पंक्तिकारसंग बताए ।

नयाँ मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको नाममा मनोमानी खर्च गर्न नपाउने भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) कोषमा प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट निश्चित प्रतिशत रकम छुट्याउनुपर्नेछ । राष्ट्र बैंकले तोकेको सो रकम निश्चित समयसीमाभित्र खर्च भएको छ भन्दा फरक पर्दैन । मार्गदर्शनअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व सम्बन्धी कामका लागि छुट्टै कोष स्थापना गर्नुपर्नेछ । आर्थिक वर्ष समाप्त भएपछि वित्तीय विवरण स्वीकृत भएसँगै सो कोषको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षमा खर्च गर्नु पर्नेछ । यसले वित्तीय संस्थाले कोषमा जम्मा गरेको रकम लामो समयसम्म रोक्ने वा दुरुपयोग गर्ने अवस्थाको अन्त्य हुने प्रस्टै देखिन्छ ।

विद्यालय तथा सामुदायिक कलेजको पूर्वाधार सुधार, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, अस्पतालका लागि उपकरण तथा आधारभूत स्वास्थ्य सामग्री, रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सकिने देखिन्छ ।

यस कोष अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य, विपद् व्यवस्थापन तथा अन्य परोपकारी कार्यमा मात्र खर्च गर्न सकिने व्यवस्था गरिएको छ । विद्यालय तथा सामुदायिक कलेजको पूर्वाधार सुधार, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, अस्पतालका लागि उपकरण तथा आधारभूत स्वास्थ्य सामग्री, रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सकिने देखिन्छ । वातावरण संरक्षण अन्तर्गत सार्वजनिक स्थलमा वृक्षारोपण, सरसफाइ अभियान, प्रदूषण न्यूनीकरण, हिमाल सफाइ, नदी नाला संरक्षण तथा सार्वजनिक स्थानमा फोहोर संकलन केन्द्र स्थापनामा खर्च गर्न पनि सकिनेछ । नयाँ मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको नाममा विज्ञापन, ब्राण्ड प्रवद्र्धन, राजनैतिक दलका कार्यक्रम, तथा नाफामुखी काममा खर्च गर्न नपाउने स्पष्ट गरेको छ । संस्थापक शेयरधनी, संचालक तथा उच्च व्यवस्थापन पदाधिकारी सम्बद्ध संस्थामा गरिएको खर्चलाई पनि सामाजिक उत्तरदायित्वमा समावेश गर्न अब पाइने छैन । भन्दा फरक पर्दैन ।

खर्च विवरण त्रैमासिक रुपमा वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बाध्यता समेत निर्देशनमै उल्लेख गरिएको छ । नयाँ मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व खर्चलाई पारदर्शी, प्रभावकारी र उद्देश्यपरक बनाउने अपेक्षा गरिएको छ ।

सामाजिक उत्तरदायित्व खर्चको प्रभावकारिता बुझ्न बैंक तथा वित्तीय संस्थाले प्रत्येक वर्ष आफ्ना खर्च विवरण, प्रभाव मूल्यांकन तथा सामाजिक क्षेत्रमा परेको असरको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएको छ । साथै, खर्च विवरण त्रैमासिक रुपमा वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बाध्यता समेत निर्देशनमै उल्लेख गरिएको छ । नयाँ मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व खर्चलाई पारदर्शी, प्रभावकारी र उद्देश्यपरक बनाउने अपेक्षा गरिएको छ । यसले वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको नाममा हुने मनोमानी लुट अब बन्द हुने देखिन्छ । सचेत भया ।

ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ। बैंकले चैत ४ देखि १० गतेसम्म ‘Think before you follow, wise money tomorrow’ नारासहित वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । सातै प्रदेशमा रहेका शाखा कार्यालयमार्फत विद्यार्थी, कर्मचारी, मजदुर, कृषक लगायतलाई डिजिटल बैंकिङ, बचत, कर्जाको सदुपयोग, साइबर सुरक्षा, तथा वित्तीय कारोबारका फाइदाबारे सचेतना दिने कार्य भइरहेको छ।

यस अभियान अन्तर्गत, बैंकले क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, ओटीपी, रेमिट्यान्स कारोबार जस्ता सेवाबारे नागरिकहरूलाई जानकारी गराइरहेको छ। साथै, वित्तीय सचेतनामूलक अन्तरक्रिया, सामाजिक सञ्जालमार्फत श्रव्यदृष्य सामग्री प्रसारण, तथा वित्तीय साक्षरता कार्यक्रम समेत नियमित रूपमा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर-किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो । राष्ट्रिय वाणिज्य बैंकले यस अभियानलाई नेपालभर विस्तार गर्दै वित्तीय साक्षरताको पहुँच बढाउने लक्ष्य लिएको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपूरमा बैशाखीवितरण कार्यक्रम सम्पन्न 

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ ।

देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैशाखी तथा सेतो छडीको आवश्यताका लागि उक्त संस्थामा निकै निवेदन आउने गरेको, उक्त संस्थाको समन्वयमा बैंकले बैशाखीहरु वितरण गरेको थियो । उक्त सहयोगबाट उनीहरुको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

एनआईएमबीको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनी नियुक्त भएकी हुन् । एनआईएमबीले हाल २ सय ७२ शाखा, ८१ शाखारहित, २ सय ६६ एटीएम र ६५ एक्स्टेन्सन काउन्टरमार्फत ३२ लाख ९० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

बैतडीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैतडीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । दशरथचन्द नगरपालिका १ स्थित मणिलेक माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

सानो उमेरदेखि नै बचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानी कम गर्ने, कर्जा लिँदा कर्जाको उपयोगिता, ऋण नतिर्दाको असर, रेमिट्यान्स सही तवरले पठाउने र हुन्डीका माध्यमबाट नपठाउने, डिजिटल बैंकिङ साधनहरुको उपयोग, समाजिक सञ्जाल तथा अनलाइनबाट हुने ठगीबाट जोगिने लगायतका उपायबारे जानकारी गराएको बैंक बैतडी शाखाका प्रबन्धक गोविन्द विष्टले जानकारी दिए।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैतडी शाखा र सतबाँझ शाखाको आयोजनामा वित्तीय कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

एनएमबि बैंकले तीन दिने तालिम सम्पन्न गरेको छ । बैंकले युरोपियन युनियन (ईयू) को सहयोगमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै तालिम सम्पन्न गरेको हो । बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू- ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ बारे तालिम दिइएको हो ।

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिएको छ । यसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने विश्वास बैंकको छ । आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी अभ्यासहरूबारे तालिममा बताइएको थियो ।

तालिममा एनएमबि बैंकका व्यवसायिक टोली, जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए ।
तालिममा सहभागीहरूले वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा जान्ने मौका पाएका थिए । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सिद्धार्थ बैंकले तादी घ्याङफेदीमा कर्जा लगानी गर्ने, वार्षिक २९ करोड आम्दानी हुने प्रक्षेपण

एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने क्रेडिट फेसिलेटीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका तर्फबाट क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

आयोजनाको कूल अनुमानित लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कुल लागतको ७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणबाट व्यवस्थापन गर्नका लागि सिद्धार्थ बैंकसँग सम्झौता भएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । बाँकी २५ प्रतिशत रकम भने स्वपुँजीबाट व्यवस्थापन गरिने छ ।

यो परियोजना अनुभवी प्रवद्र्धकहरूको समूहले विकास गरिरहेको छ । कम्पनीको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रका हस्ती असगर अली लगायत रहेका छन् ।

श्रेष्ठ नुवाकोटमा सञ्चालनमा रहेको बुद्धभूमी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन् भने एटलस इनर्जी र ह्याप्पी इनर्जीमा पनि आवद्ध छन् । त्यस्तै खतिवडा पनि एबीपी इनर्जीका साथै सञ्चालनमा आइसकेको बुद्धभूमी हाइड्रोपवार, बराह मल्टीपावर, एटलस इनर्जी लगायतका कम्पनीका अध्यक्ष तथा निर्देशक छन् । असगर अलि भने प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार हुन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित तादी घ्याङफेदी जलविद्युत आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गर्नुपर्ने मिति २०८४ बैशाख ३१ तय गरिएको छ । आयोजना सञ्चालनमा आइसकेपछि हाइड्रो टुरिजमबाटसमेत आयोजनाले आम्दानी गर्ने लक्ष्य लिएको इप्पानका महासचिव तथा आयोजनाका निर्देशक बलराम खतिवडाले बताए ।

गोसाइंकुण्ड जाने ट्रेकिङ रुटमा आयोजना निर्माण हुने हुँदा आयोजनाले बनाएका क्याम्प हाउस होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिन सकिने खतिवडाको भनाइ छ । यस आयोजनाका लागि २०७८ असार ३१ मा विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो । २०७८ भदौ २७ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो । ३ हजार ९०० मिटर पाइपलाइन रहेको आयोजनाको ४४६ मिटर हेड रहेको छ । डिजाइन डिस्चार्ज २.२ क्यूसेक रहेको छ । वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत उत्पादन गर्ने आयोजनाले वार्षिक २९ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । आयोजनाबाट सुख्खायाममा १५.९७ गिगावाट आवर र वर्षामा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

राष्ट्र बैंकमा कात्तिकसम्म ८ नयाँ कार्यकारी निर्देशक आउँदै

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा डा. सत्येन्द्र तिम्सिना बढुवा भएका छन्। गभर्नर कार्यालयमा रहेका तिम्सिनालाई बढुवापछि वित्तीय संस्था सुपरिवेक्षण विभागको नेतृत्व दिइएको छ। केही साताअघि किरण पण्डित कार्यकारी निर्देशकमा बढुवा भएका थिए। आगामी कात्तिकसम्म राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट ८ जना अवकाश हुँदैछन्। उनीहरुको अवकाशसँगै ८ जना निर्देशकको बढुवा हुनेछ।

अहिले अवकाशअघि दुईजना कार्यकारी निर्देशकहरु बिदामा बसिसकेका छन्। मुकुन्दकुमार क्षत्री र पिताम्बर भण्डारी बिदामा बसेका हुन्। उनीहरुले चैत २७ मा अनिवार्य अवकाशमा पाउँदैछन्। उनीहरुको अवकाशपछि कार्यकारी निर्देशकमा चेतप्रसाद उप्रेती र रोशनकुमार सिग्देलको बढुवा हुनेछ।

आगामी जेठमा कार्यकारी निर्देशक डा. प्रकाशकुमर श्रेष्ठ र तुलसीप्रसाद घिमिरे अवकाश हुनेछन्। असारमा रामप्रसाद गौतम, साउनमा प्रदीपराज पौडेल, भदौमा ऋषिकेश भट्ट र कात्तिकमा डा. गुणाकर भट्टले कार्यकारी निर्देशकबाट अवकाश पाउनेछन्।

कात्तिकसम्ममा उप्रेती र सिग्देलसँगै डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी र अनुद दाहाल कार्यकारी निर्देशक हुनेछन्।

नेपाल राष्ट्र बैंकले सम्भवत आउँदो बिहीबार वा सोमबारभित्र नयाँ गभर्नर पाउनेछ। अहिलेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिंदैछ।

महालक्ष्मी विकास बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक गरेको छ। बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको हो।

बैंकका अनुसार, परम्परागत रूपमा छापिँदै आएको क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै डिजिटल रूपमै उपलब्ध गराउने उद्देश्यले नयाँ संस्करण सार्वजनिक गरिएको हो। महत्वपूर्ण चाडपर्वहरू, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत र अंग्रेजी संवतका मितिहरू समेत समावेश गरिएको छ।

बैंकले डिजिटल क्यालेन्डर नेपाली संस्कृतिको प्रवर्द्धन र निरन्तरता दिन सहयोगी हुने विश्वास लिएको जनाएको छ। ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट वा उपलब्ध लिङ्कबाट क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।

यससँगै, बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नीति अनुरूप ‘महालक्ष्मी स्मार्ट साथी’ नामक मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको जनाएको छ।

दुई कम्पनी आइपीओ ल्याउने तयारीमा

दुईवटा कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। आरती पावर कम्पनी र मेवा डेभलपर्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका हुन्।

दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्दै निवेदन दिएका छन्। धितोपत्र बोर्डले अनुमति दिएमा आरती पावरले १०० रुपैयाँ अंकित दरका कुल ३६ लाख कित्ता साधारण शेयर जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ३६ करोड रुपैयाँ पुँजी जुटाउनेछ।

आरती पावरको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। यसैगरी धितोपत्र बोर्डको अनुमतिपछि मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १२ लाख कित्ता अर्थात १ अर्ब १२ करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

बैंक तथा वित्तीय संस्थामार्फत मात्रै कारोबार गर्नुस्ः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन् । काठमाडौंमा सोमवार आयोजित ‘ग्लोवल मनी वीक’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट वचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटको अलवा वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाका रुपमा लिएको बताए ।

अधिकारीका अनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको बैंकमा खाता होस् र ती खाताहरु सक्रिय रुपले चलुन् भन्ने मानसिकता राख्छ । उनले केही सिक्न, केही वित्तीय जानकारी लिँदा आम विद्यार्थीको व्यवहारमा समेत केही न केही परिवर्तन आउने बताए । गभर्नर अधिकारीले घाँटी हेरेर हाड निल्नु भनेजस्तै आफ्नो क्षमता हेरेर खर्च गर्ने परिपाटीको विकास हुन जरुरी रहेको बताए । वित्तीय सक्षरताका बारेमा राष्ट्र बैंकले देशभर जागरण चलाइरहेको र यसलाई व्यापक बनाउँदै लैजाने उनको भनाई छ ।

‘फोर्स लिभ’मा गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार आजबाट‘फोर्स लिभ’मा बसेका छन् । ०७६ चैत २४ मा नियुक्ति पाएर पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बस्न लागेका हुन्। ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ।

कार्यकालको अन्तिम प्रहरमा रहेका उनले राष्ट्र बैंकमा १० दिने विदा लिएका हुन्। आजबाटै विदामा बस्ने भएपछि कायममुकायम जिम्मा डेपुटी गभर्नर डा.नीलम ढुंगानालाई दिइएको छ। गभर्नर अधिकारी अनिवार्य बिदामा बस्न लागेका हुन्। राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विकको एक कार्यक्रममा वित्तीय साक्षरता विद्यालय तहमै लागू गर्न छलफलमा रहेको बताएका अधिकारी भोलिबाट विदामा बसेर चैत १५ गते राष्ट्र बैंकमा फर्किनेछन्। त्यसपछि कार्यकालको बाँकी रहेको ९ दिनमा उनले राष्ट्र बैंकबाट विदा लिने कार्ययोजना छ।

कार्यकाल सकिन लागेसँगै गभर्नर अधिकारीले अत्यावश्यक बाहेकका अन्य निर्णय यसअघि नै गर्न छोडेका थिए । आफ्नो कार्यकालको कम अवधि मात्रै बाँकी भएकोले गभर्नर अधिकारीले अत्यावश्यकभन्दा बाहेकका कम र निर्णय गर्न छोडेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । यसैबीच सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा मन्त्री पौडेलका साथै नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल रहेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् ।