जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

निर्वाचनसम्बन्धी खर्च गर्न उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने

उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ । आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरणको विषय छ । जसअनुसार राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै खाता खोल्नुपर्ने हुन्छ ।

आचारसंहिताअनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नै निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनु पर्ने हुन्छ । त्यसको खर्चका लागि छुट्टै खाता खोल्नुपर्ने आचारसंहितामा उल्लेख छ । साथै निर्वाचन आयोगलदे बैंकिङ्ग कारोबारको सिमा तोकिदिएको छ। आयोगले पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्ने,

व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा दलको बैंक खातामा जम्मा गर्नु पर्ने व्यवस्था अनिवार्य गरेको छ।

निर्वाचन खर्च सम्बन्धी आचरणसँग सम्बन्धित ११ वटा बुँदा प्रस्तावित
उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफुले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत समेत खुलाउनु पर्ने,
उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नु पर्ने,
उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने,
खण्ड ग बमोजिम तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने,
राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गर्नु पर्ने,
पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्ने,
व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा दलको बैंक खातामा जम्मा गर्नु पर्ने,

खर्चको विवरण तथा बिल भरपाई राखु पर्ने,
आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने,
आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने,
निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने ।

बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउडका ‘हीम्यान’ भनेर चिनिने दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । उनले नोभेम्बर २४ मा अन्तिम श्वास लिए । केही दिनअघि मात्र उनी उपचारपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट घर फर्किएका थिए । त्यसपछि घरमै उनको उपचार भइरहेको थियो । धर्मेन्द्र पछिल्ला दिनदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए । उनी आफ्नो पछाडिबाट करोडौं भारु बराबरको सम्पत्ति छोडेर गएका छन् । लामो करिअरमा उनले धेरै धन कमाए र बलिउडका सबैभन्दा धनी अभिनेतामध्ये एक भए ।

मिडिया रिपोर्टअनुसार धर्मेन्द्रको नेटवर्थ करिब ४५० करोड भारु रहेको छ । उनले १९६०, ७० र ८० को दशकमा लिड एक्टरका रूपमा फिल्म खेल्दै यो धन कमाएका हुन् । रिपोर्टहरूका अनुसार आफ्नो डेब्यू फिल्म ‘दिल भी तेरा हम भी तेरे’ का लागि उनलाई मात्र ५१ रुपैयाँ पारिश्रमिक दिइएको थियो । उनका सम्पत्तिको ठूलो हिस्सा रियल इस्टेटमा रहेको छ ।

रिपोर्टअनुसार महाराष्ट्रमा धर्मेन्द्रका घरहरूको कूल मूल्य १७ करोड रुपैयाँभन्दा बढी छ । उनले खेतीयोग्य र गैरखेतीयोग्य जमिनसमेत किनेका छन्, जसको कूल मूल्य करिब १.४ करोड भारु पर्दछ । उनी लोनावालास्थित आफ्नो फार्महाउस नजिकै ३० कुटेज भएको एक लक्जरी रिसोर्ट निर्माण गर्ने योजनामा पनि थिए । धर्मेन्द्र महँगा गाडीहरूको निकै शौखिन थिए । उनीसँग १९६० मा किनेको फिएटदेखि लिएर भिन्टेज फिएट र मर्सिडिज–बेन्जसम्मका कार रहेको बताइन्छ । कुनै गाडी लाखौंको छ भने कुनै करोडौँको मूल्यको छ । उनले प्रोडक्सन हाउसमा पनि लगानी गरेका थिए र ‘यमला पगला दीवाना’ जस्ता फिल्महरू निर्माण गरेका थिए ।

सन् २०२२ मा उनले ‘गरम धरम ढाबा’ नामबाट होटल व्यवसायमा हात हालेका थिए । त्यसपछि करनाल हाईवेमा ‘ही–म्यान’ नामको अर्को रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याए । हालै धर्मेन्द्र करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए । यस फिल्मका लागि उनले ५ करोड रुपैयाँ लिएका थिए । २३ जुलाई २०२३ मा रिलिज भएको उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यापार समेत गरेको थियो ।

अर्याल बने मुख्यसचिव

सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । वरिष्ठताका आधारमा रक्षा सचिव भएर काम गरिरहेका अर्याल मुख्य सचिव बनेका हुन् । वरिष्ठताको सूचीमा उनी पहिलो नम्बरमा थिए ।

यदि सुमनराज अर्याल मुख्यसचिव बने भने प्रशासन सेवातर्फ सचिवका दुई पद रिक्त हुनेछन् । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेको हो ।

अर्याल २०७७ साल माघ १९ मा सचिवमा बढुवा भएका थिए । सचिवको रूपमा उनको पहिलो नियुक्ति राष्ट्रिय योजना आयोगमा भएको थियो । हाल उनी रक्षा मन्त्रालयको सचिव हुन् ।

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएको छ । बैंकको कर्पोरेट कार्यालयमा मंसिर ८ गते आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” को प्रारम्भ गरे ।

सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ । यस बचत खाताका विशेषताहरुमा न्यूनतम रु १०० मा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ ।

डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र रु ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ, जसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउँनुहुनेछ । यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
बैंकले फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता शुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

सूर्यज्योति लाइफको कर्मचारी अभिवृद्धिमा केन्द्रित ‘कर्पोरेट मिट–२०८२’ सम्पन्न

कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम २०८२ मङ्सिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिलकण्ठ, काठमाडौँमा सम्पन्न गरेको छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईसहित सञ्चालक आकाश गोल्छा, चुडामणि देवकोटा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, नायव प्रमुख कार्यकारी अधिकृत फर्शुराम मरासिनी तथा कम्पनीका सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कर्मचारीको सोच, कार्यशैली, सेवागत व्यवहार तथा सुशासनमा आवश्यक पर्ने सुधारबारे विस्तृत मार्गनिर्देशन प्रदान गरे। उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको आगामी योजना र यस वर्षको मुख्य रणनीति ‘वी क्यान’ प्रस्ट पार्दै, सबै कर्मचारीहरूले आफ्नो सोच, सेवाप्रवाह, कार्यशैली तथा सुशासनमा आवश्यक रूपान्तरण गर्दै अघि बढ्नुपर्ने विषयमा स्पष्ट निर्देशन दिए।

कार्यक्रमको प्रारम्भिक सत्रमा स्पिकर डा. संजिव हुमागाईं, डा. दिनेश पन्त र मनोज भट्टराईले क्रमश: ‘प्रोफेसनल कल्चर’, ‘इमोशनल इन्टेलिजेन्स’ तथा ‘कम्युनिकेसन इफ्फेकटिभ’ सम्बन्धी अन्तरक्रियात्मक तालिम प्रदान गरेका थिए।

त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीले हरेक सूचकमा उत्कृष्टता हासिल गर्दै आएको उल्लेख गर्दै, बीमितलाई सहज सेवा उपलब्ध गराउन डिजिटल ट्रान्सफर्मेसन प्रक्रियालाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी दिए।

कार्यक्रमका प्रमुख आकर्षणमध्ये ‘इम्प्लोई अवार्ड सेग्मेन्ट’ पनि रहेको थियो, जहाँ चार उत्कृष्ट कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। ‘बेस्ट इम्प्लोई – द एक्स्ट्रा माइल’ श्रेणीमा आन्तरिक लेखापरीक्षण तथा अनुपालन विभागका अजित शर्मालाई सम्मान गरिएको थियो। त्यसैगरी ‘बेस्ट इम्प्लोई – आइडिया इन्टु एक्सन’ श्रेणीमा कानुन तथा दाबी विभागका महेश अधिकारी, ‘बेस्ट इम्प्लोई – क्रिएटिंग एन इम्प्याक्ट’ श्रेणीमा वित्त विभाग प्रमुख आशिष ज्ञवालीलाई सम्मान गरियो। साथै ‘बेस्ट डिपार्टमेन्ट – अवार्ड अफ एक्सिलेन्सी’ अन्डरराइटिङ विभागलाई प्रदान गरिएको थियो।

सञ्चालक समितिका अध्यक्ष केशब प्रसाद भट्टराईले कर्मचारीहरूको व्यक्तित्व विकास र हितका लागि समितिको निरन्तर साथ रहने बताउँदै, कम्पनीले संस्थागत सुशासनमा विशेष ध्यान दिने र बीमा प्राधिकरणबाट जारी भएका नीति–नियमहरूको अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी कर्मचारीहरूले दैनिक व्यस्तताबाट बाहिर निस्केर यस्ता कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई थप उत्साहित, आत्मविश्वासपूर्ण र पेशागत रूपमा सक्षम महसुस भएको अनुभव व्यक्त गरेका छन्।”

कुमारी बैंक र बन्दिपुर केबल कार बिच सम्झौता, सेवाहरुमा विशेष छुट

कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिनेछ । बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य अशोक खड्का नेको इन्स्योरेन्समा सिईओ

नेपाली बीमा क्षेत्रमा कतिसम्म राजनीतिक हस्तक्षेप र घुसपैठ भइरहेको छ भन्ने उदाहरण नेको इन्स्योरेन्स कम्पनीमा देखिएको छ । सो कम्पनीमा नेकपा एमालेको केन्द्रीय लेखा समितिका सदस्य अर्थात केन्द्रीय सदस्य अशोक खड्का सिईओको भूमिका रहेर कार्य गर्दै आएको छ ।

नियामक नेपाल बीमा प्राधिकरणले सो सम्बन्धमा जानकारी पाएर पनि मौन रहँदै आएको पाइएको छ । नेकपा एमाले केन्द्रीय समितिमा रहेका खड्काले केही समयअघि बीमापोष्टसँगको प्रतिक्रियामा राजिनामा दिइसकेको उल्लेख गरेका थिए । तर, बीमापोष्टले गरेको अध्ययनको क्रममा नेकपा एमालेको आधिकारिक वेभ साइटमा नेता खड्काको नाम अशोक केसी भनेर राखेर कार्य गर्दै आइरहेको पाइएको छ ।

नेकपा एमालेका एक नेताले नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्का अझै पनि एमालेमा सक्रिय रहेको बताएका छन् । सिराहा जिल्ला कार्यक्षेत्र भएका सिईओ खड्काले आगामी निर्वाचनमा टिकट लिएर एमालेबाट निर्वाचन समेत लड्ने तयारी भित्रभित्रै गरिरहेका छन् । त्यसको लागि खड्कालाई एमालेका नेता रघुविर महासेठ र जुली महतोले दह्रो साथ दिँदै आएका छन् । नेको इन्स्योरेन्स जुली महतोको माइती पक्षको मुख्य लगानीमा सञ्चालित कम्पनी हो ।

जेनजीको आन्दोलनमा बालुवाटारबाट हेलिकोप्टर चढेर भागेका एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरिरहेको पार्टीको जिम्मेवार केन्द्रीय सदस्य जस्तो पदमा रहेको व्यक्ति एउटा सार्वजनिक सेवा प्रवाह गर्ने कम्पनीमा सिईओ पदमा बहाल रहेका कारण नेको इन्स्योरेन्स कम्पनीबाट प्रवाह हुने सेवाका सम्बन्धमा पनि प्रश्न उठ्ने देखिएको छ । सरकारले बीमा सेवालाई सार्वजनिक सेवाको सूचिमा राखेको छ ।

नेकपा एमालेको केन्द्रीय सदस्य जस्तो व्यक्ति एउटा कम्पनीको सिईओ पदमा बहाल रहँदा उक्त कम्पनीबाट प्रवाह हुने सेवा, सुविधा, बीमा दावी भुक्तानीमा राजनीतिक पक्षधरता समेत हुनसक्ने सम्भावनाहरु अगाडि आएका छन् । निर्जीवन बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरुले सर्भेयर लगाएर बीमितलाई दुःख दिने, झन्झट दिने जस्ता समस्याहरु बढ्दो रुपमा आइरहेको छ ।

एमालेका केन्द्रीय सदस्य कम्पनीमा सिईओ बनाएर राखिएको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा सिईओ कम्पनीका डेपुटी सिईओ गणेश लम्साल सम्पर्कमा आउन चाहेनन् ।

एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सार्वजनिक, कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्ममा सबै बैंकिङ सुविधा

अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ ।

नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्‍यापिड (RAPID)’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ।

यसअघि कर्पोरेट ग्राहकहरूले यी कार्यका लागि विभिन्न बैंक र सफ्टवेयर प्लेटफर्म प्रयोग गर्नुपर्थ्यो, जसले समय र स्रोत दुबै खर्चिलो थियो । तर अब बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रणालीमा ‘र्‍यापिड’ एकीकृत गरेपछि प्रयोगकर्ताले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीबाट एउटै प्लेटफर्म प्रयोग गरेर सबै बैंकिङ कार्य गर्न सक्नेछन् ।

सुरुआती चरणमा ग्लोबल आईएमई बैंकमा खाता रहेका टिग (Tigg) अकाउन्टिङ सफ्टवेयरका प्रयोगकर्ताले र्‍यापिडको सुविधा पाउनेछन् । प्रयोगकर्ताले ‘Connect with API Banking’ मा गएर आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् ।

र्‍यापिडले कर्पोरेट बैंकिङ सेवाको प्रवाहमा ठूलो रूपान्तरण ल्याउने गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहले बताए ।

नयाँ प्रणालीले वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र अपरेशनल झन्झट उल्लेखनीय रूपमा घटाउनेछ ।

‘सुरूवातमा यो सुविधा ग्लोबल आईएमई बैंकमा लाइभ भएको छ। अब हामी छिट्टै अन्य प्रमुख बैंकहरू र विभिन्न सफ्टवेयर प्रदायकहरूसँग सहकार्य विस्तार गर्दैछौँ,’ साहले भने।

अहिले ग्लाेबल आईएमई बैंकबाट बैंक ब्यालेन्स र बैंक स्टेटमेन्ट सुविधा लाइभ भएकाे छ । बाँकी सुविधाहरू पनि विस्तारै उपलब्ध हुनेछन् ।

र्‍यापिडको विस्तारसँगै नेपालको एपीआई बैंकिङ इकोसिस्टमले एकीकृत, सहज र सुरक्षित डिजिटल लेनदेनको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको साहको भनाइ छ ।

ग्राहकले सेवा प्रयोग गर्नका लागि बैंकमा गएर एक पटक मात्र मोबाइल बैंकिङ जस्तै फाराम भर्नुपर्नेछ। त्यसपछि सबै कार्य अनलाइनबाटै गर्न सकिनेछ । र्‍यापिडले ग्राहकको अनुमति (consent) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता थप्ने छ ।

सुरक्षाका दृष्टिले र्‍यापिडमा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन र अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका ट्रान्जेक्सनलाई सुरक्षित बनाउनेछ ।

यस बाहेक ‘र्‍यापिड’ले एपीआई बैंकिङ अवधारणालाई सुलभ बनाउँदै साना, मझौला तथा ठूला व्यवसायका लागि समान पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।

र्‍यापिड प्लेटफर्मले बैंकिङ एज ए सर्भिस (BaaS) मोडललाई अघि बढाउने र बैंक, फिनटेक र डिजिटल सेवा प्रदायकबीच सहकार्यलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

दुईटा मनीचेञ्जरको लाइसेन्स खोसियो

नेपाल राष्ट्र बैंकले दुई वटा मनीचेञ्जरको लाइसेन्स खारेज गरेको छ । इजाजतपत्रको म्याद समाप्त भएको तीन महिनासम्म पनि नविकरण नगरेपछि ती कम्पनीको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसरी लाइसेन्स खारेज हुने दुबै कम्पनी काठमाडौँको सुनधारा क्षेत्रमा सञ्चालित थिए । लर्ड बुद्ध मनि एक्सचेञ्ज प्राली र स्तुपा मनीचेञ्जर प्रालीको इजाजतपत्र रद्द गरिएको कन्द्रिय बैंकले एक सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

यसबाहेक सगरमाथा मनी एक्सचेञ्ज, तारा मनीचेञ्जर, रोहित मनीचेञ्जर, नेशनल मनीचेञ्जर, अमृत लक्ष्मी मनीचेञ्जर र सुपरफाइन मनीचेञ्जरको पनि इजाजतपत्रको अवधि समाप्त भएर लाइसेन्स निष्कृय रहेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रिय बैंकबाट लाइसेन्स लिएर हाल ३१८ वटा मनीचेञ्जर सञ्चालनमा आएकोमा ८ वटा कम्पनीको लाइसेन्स निष्कृय भएपछि बाँकी ३१० कम्पनीभने सक्रीय हालतमा देखिएको छ ।

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईबाट रेमिट्यान्स सेवा सहज

माछापुच्छ्रे बैंक र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ ।

विदेशबाट नेपालमा आउने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउनको उद्देश्यका साथ सम्पन्न यस सहकार्यले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन र प्राप्त गर्न थप सुविधा प्रदान गर्नेछ ।

सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताको प्रभावले अब यूएईमा रहेका नेपालीहरुले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट रकम पठाएपछि, नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सक्नेछन् ।

साथै, जोयालुक्कास एक्सचेन्जबाट पठाइएको रकम अब नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि माछापुच्छ्रे बैंकले मिलाएको छ । यस सम्झौताको माध्यमबाट यूएई–नेपाल रेमिट्यान्स सेवा अझ द्रुत, भरपर्दो र पहुँचयोग्य हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

यस अन्तर्गत, प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ रहनेछ र कुल २१ लाख ६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

सम्झौता अनुसार नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरी निकट भविष्यमा आईपीओ सुरु गर्ने योजना तय गरेका छन् ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट विशेषीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड र हेज फण्डको कोष व्यवस्थापकको इजाजत प्राप्त गरेको कम्पनीले बुक बिल्डिङ्ग विधिबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता बन्न स्वीकृति पाएको छ ।

गभर्नर पौडेलद्धारा बैंकसँग भएका स्किम छानेर व्यबसाय संचालन गर्न सर्बसाधारणलाई आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकवित्तसँग भएका विभिन्न स्किमहरुमध्ये उपयुक्त स्किम छानेर व्यबसायमा लगानी गर्न सर्बसाधारणलाई आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकले दिक्तेलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गभर्नर पौडेलले पहुँच भएकालाई होइन, उद्यमशिलता परियोजनाका आधारमा लगानी गर्नुपर्ने कुरामा जोड दिए । उनले पछाडि परेका समुदायलाई बैंकको स्किमहरूका बारे जानकारी गराएर पुँजीमा पहुँच बढाउनुपर्ने उल्लेख गरे ।

आम नागरिकको जीवनस्तर बढाउनु पर्ने खाँचो औल्याउँदै पौडेलले पछाडि परेका समुदायको आर्थिक अवस्था माथि उकास्न सबैले पष्हल गर्नुपर्ने बताए । बैंकवित्तसँग धेरै खालको स्किम भएकाले आफूले चाहेअनुसारको स्किम छानेर व्यवसाय गर्न सर्बसाधारणलाई अनुरोध गरे । उनले हरेक नागरिकको पुँजीमा पहुँच विस्तार गरिनुपर्नेमा पनि जोड दिए ।