जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेकपा एमालेका केन्द्रीय सदस्य अशोक खड्का नेको इन्स्योरेन्समा सिईओ

नेकपा एमालेका केन्द्रीय सदस्य अशोक खड्का नेको इन्स्योरेन्समा सिईओ

नेपाली बीमा क्षेत्रमा कतिसम्म राजनीतिक हस्तक्षेप र घुसपैठ भइरहेको छ भन्ने उदाहरण नेको इन्स्योरेन्स कम्पनीमा देखिएको छ । सो कम्पनीमा नेकपा एमालेको केन्द्रीय लेखा समितिका सदस्य अर्थात केन्द्रीय सदस्य अशोक खड्का सिईओको भूमिका रहेर कार्य गर्दै आएको छ ।

नियामक नेपाल बीमा प्राधिकरणले सो सम्बन्धमा जानकारी पाएर पनि मौन रहँदै आएको पाइएको छ । नेकपा एमाले केन्द्रीय समितिमा रहेका खड्काले केही समयअघि बीमापोष्टसँगको प्रतिक्रियामा राजिनामा दिइसकेको उल्लेख गरेका थिए । तर, बीमापोष्टले गरेको अध्ययनको क्रममा नेकपा एमालेको आधिकारिक वेभ साइटमा नेता खड्काको नाम अशोक केसी भनेर राखेर कार्य गर्दै आइरहेको पाइएको छ ।

नेकपा एमालेका एक नेताले नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्का अझै पनि एमालेमा सक्रिय रहेको बताएका छन् । सिराहा जिल्ला कार्यक्षेत्र भएका सिईओ खड्काले आगामी निर्वाचनमा टिकट लिएर एमालेबाट निर्वाचन समेत लड्ने तयारी भित्रभित्रै गरिरहेका छन् । त्यसको लागि खड्कालाई एमालेका नेता रघुविर महासेठ र जुली महतोले दह्रो साथ दिँदै आएका छन् । नेको इन्स्योरेन्स जुली महतोको माइती पक्षको मुख्य लगानीमा सञ्चालित कम्पनी हो ।

जेनजीको आन्दोलनमा बालुवाटारबाट हेलिकोप्टर चढेर भागेका एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरिरहेको पार्टीको जिम्मेवार केन्द्रीय सदस्य जस्तो पदमा रहेको व्यक्ति एउटा सार्वजनिक सेवा प्रवाह गर्ने कम्पनीमा सिईओ पदमा बहाल रहेका कारण नेको इन्स्योरेन्स कम्पनीबाट प्रवाह हुने सेवाका सम्बन्धमा पनि प्रश्न उठ्ने देखिएको छ । सरकारले बीमा सेवालाई सार्वजनिक सेवाको सूचिमा राखेको छ ।

नेकपा एमालेको केन्द्रीय सदस्य जस्तो व्यक्ति एउटा कम्पनीको सिईओ पदमा बहाल रहँदा उक्त कम्पनीबाट प्रवाह हुने सेवा, सुविधा, बीमा दावी भुक्तानीमा राजनीतिक पक्षधरता समेत हुनसक्ने सम्भावनाहरु अगाडि आएका छन् । निर्जीवन बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरुले सर्भेयर लगाएर बीमितलाई दुःख दिने, झन्झट दिने जस्ता समस्याहरु बढ्दो रुपमा आइरहेको छ ।

एमालेका केन्द्रीय सदस्य कम्पनीमा सिईओ बनाएर राखिएको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा सिईओ कम्पनीका डेपुटी सिईओ गणेश लम्साल सम्पर्कमा आउन चाहेनन् ।

965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?