जोडिनुहोस
आइतवार, बैशाख १४, २०८२
आइतवार, बैशाख १४, २०८२

हालको खबर

  • होमपेज
  • एन आई सी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

एन आई सी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा आपm्नो क्रमशः ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन अर्जुनधारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रघुनाथ खनालले गरेका थिए र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ । यसैगरीे मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमले गरेका थिए र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलमानलाई नियुक्त गरिएको थियो । त्यस्तै अमरदह शाखारहित बैंकिङ्गसेवाको समुद्घाटन सुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरेका थिए । अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नु हुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित ग्रमीण तथा बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा÷शाखारहित बैंकिङ्ग सेवा संचालन गर्ने योजना अगाडि सारेको छ ।

9330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?