जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकले ६.८% नगद लाभांश दिने

कामना सेवा विकास बैंकले ६.८% नगद लाभांश दिने

कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

मंगलबार बसेको सञ्चलक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजन सहित १७ करोड २७ लाख रुपैयाँ लाभांश दिने निर्णय गरेको हो।

बैंकले गत आर्थिक वर्षमा ३२ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो। लाभांश वितरण योग्य नाफा भने २७ करोड ३८ लाख रुपैयाँ छ।
बैंकले जगेडा कोष बलियो बनाउने रणनीतिका साथ केहि नगद लाभांश मात्रै दिएको हो।

पूँजी दुई अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकले प्रतिशेयर आम्दानी सुधार गर्न बोनस शेयरलाई यस वर्ष रोक लगाएको देखिन्छ। हाल बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ मात्रै छ।

कामना र सेवा विकास बैंक गाभिएपछि बैंकले विगत तीन वर्षमा क्रमश १२, ९.५ र ६.५ प्रतिशत लाभांश दिएको छ। गत आर्थिक वर्षको नाफाबाट घोषणा भएको लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमति पाए पछि साधारणसभा डाकेर पारित गर्ने छ ।

10130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका