जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • प्रभु र एनसीसी बैंकको मर्जर अघि बढ्यो

प्रभु र एनसीसी बैंकको मर्जर अघि बढ्यो

प्रभु बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक मर्जरमा जानका लागि प्रक्रिया अघि बढाएका छन । पछिल्लो समय मर्जरमा जान दवाव बढ्दै गएपछि यी दुई बैंकबीच छलफल अघि बढेको हो । केही चरण छलफल भएपनि निश्कर्षमा पुगेको छैन ।

हाल दुबै बैंकको मर्जर टोलीले अहिले वार्ता जारी राखेको एनसीसी स्रोतले बतायो । प्रभुसंग मर्जर हुने संभावना प्रवल रहेको एनसीसी स्रोतको भनाई छ ।

प्रभु र एनसीसी दुबै बैंकले मर्जरमा जानका लागि साधारणसभाबाट प्रस्ताव पारित गरिसकेका छन । नेपाल राष्ट्र बैंकले मौद्रीक नीति अगावै मर्जरमा जानका लागि बैंकहरुलाई दवाव दिएको थियो ।

त्यसबेला प्रभुले बैंक तथा वित्तीय संस्थालाई प्राप्ति र एनसीसीले मर्जरमा जाने जानकारी गराएको थियो । प्रभुले किस्ट बैंक र ग्राण्ड बैंकलाई समाहित गरेको छ । प्रभुले समाहित गरेका यी दुबै वाणिज्य बैंक हुन ।

यस्तै एनसीसीले इन्टरनेसनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलगायत ४ ओटा विकास बैंकलाई प्राप्ति गरिसकेको छ ।

प्रभुको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्ने छ ।

प्रभुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ६२ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । प्रभुको सञ्चित कोषमा ४ अर्ब ३९ करोड २१ लाख रुपैयाँ छ ।

यस्तै एनसीसीको पुँजी ८ अर्ब १३ करोड ३४ लाख रुपैयाँ पुँजी छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेपछि एनसीसीको पुँजी बढ्ने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एनसीसीले ३४ करोड रुपैयाँ खुदनाफा गरेको छ । एनसीसीको सञ्चित कोषको आकार २ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ छ ।यस्तै प्रभुले सिभिल बैंकसंग पनि मर्जरका लागि छलफल गरिरहेको छ ।

प्रभुका अध्यक्ष देवीप्रसाद भट्टचन र सिभिलका सञ्चालक प्रतापजंग पाण्डेबीच छलफल भइरहेको स्रोतको भनाई छ । दुबै मध्य कुनै एक बैंकसंग मर्ज गर्ने तयारी प्रभुको छ ।

5790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?