जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • इटालीको बैंकबाट नेपाल इन्भेष्टमेण्ट बैंकमा पैसा आउन थाल्यो आज साँझसम्म २ अर्ब ४ करोड आउने ?

इटालीको बैंकबाट नेपाल इन्भेष्टमेण्ट बैंकमा पैसा आउन थाल्यो आज साँझसम्म २ अर्ब ४ करोड आउने ?

नेपालको पूरानो एवं अब्बल र सबल बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले इटालीमा मुद्दा जितेसंगै आज विहान ८७ लाख ४९ हजार युरो बैंकमा आएको छ ।
बैंकले बैंक ग्यारेन्टी मार्फत दिएको २ अर्ब ४ करोडको रकम इटालीको अदालतको फैसलासंगै आज साँझसम्म सबै पैसा आउने नेपाल इन्भेष्टमेण्ट बैंकका सीइओ ज्योती प्रकाश पाण्डेले पंक्तिकारसंग बताए ।

नेपाल इन्भेष्टमेण्ट बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो। इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो। मुद्दा जितेपछि त्यहाँको बैंकले पैसा फिर्ता गर्न सुरु गरेको सीइओ ज्योती प्रकाश पाण्डेले बताए ।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर कम्पनीले भने अनुसार काम गरिरहेको थिएन।
कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टी वापतको रकम बैंकसँग दाबी (क्लेम) गरेको थियो। उत्तिनै बेला नेपाल इन्भेष्टमेण्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।
सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा बैंकले मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो। बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै नेपाल इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो।

कोभिड–१९ का कारण मुद्दाको फैसलामा केही ढिलाइ भइरहेको थियो। अन्ततः तीन न्यायाधीशको संयुक्त इजलासले नेपालको बैंकको पक्षमा फैसला गरिदिएका थिए ।
सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।

बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो ग्यारेन्टी दिएको थियो।
पैसा आएसंगै बैंकको वित्तिय अवस्था मजबुद हुने देखिन्छ ।

8445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका