जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • नयाँ पुनर्बीमा कम्पनी आउने पक्का

नयाँ पुनर्बीमा कम्पनी आउने पक्का

नेपालमा अर्को नयाँ पुनर्बीमा कम्पनी आउने पक्का भएको छ । ७५ प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारणको सेयरसहितको अन्नपूर्ण रि-इन्स्योरेन्स कम्पनी आउने स्रोतको दाबी छ ।
यस कम्पनीमा सरकारी निकायको १० प्रतिशत, जीवन र निर्जीवन बीमा कम्पनीको २० प्रतिशत, जीवन र निर्जीवन बीमा कम्पनीका संस्थापकको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १० र ग्रुप अफ कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व रहने स्रोतको दाबी छ ।
विभिन्न कम्पनीहरुले गर्ने २५ प्रतिशत लगानीका लागि पनि लगानीकर्ता खोज्ने क्रम जारी रहेको देखिन्छ ।
स्रोतका अनुसार सबैबाट लगानीका लागि सहमति जुटेपनि आवश्यक प्रबन्धपत्र, नियमावली बनाएर बीमा समितिमा पेश गर्ने, समितिबाट सैद्दान्तिक सहमति पाएपछि कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालय जाने देखिन्छ । अहिले भने बीमा समितिमा सैद्दान्तिक सहमतिका लागि आवश्यक काम भइरहेको बीमा समित उच्च स्रोतको दाबी छ ।
गत भएको बीमा समितिको वार्षिकउत्सवमा अर्थमन्त्री डा युवराज खतिवडाले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स दिन सकिने बताएका थिए । नेपालमा अहिले सरकारको बहुमत सेयर भएको एउटा मात्र पुनर्बीमा कम्पनी रहेको छ ।

12385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका