जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१

प्रभुको शाखा खार्पुनाथमा

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन एक समारोहका विच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गर्नु भएको थियो ।

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने  बताए ।

बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गर्नु गरे ।

खार्पुनाथ शाखा कार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ, हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

खार्पुनाथ शाखा समेत गरी बंैकले  हालसम्म १८७ वटा शाखा, १५० वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

5095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?