जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • तीन दर्जन बैंक र वित्तिय संस्थालाई ४५ अर्ब भन्दा बढिको ऋण–पत्र निस्काशनको अनुमती

तीन दर्जन बैंक र वित्तिय संस्थालाई ४५ अर्ब भन्दा बढिको ऋण–पत्र निस्काशनको अनुमती

नेपालका तीन दर्जन बैंक र वित्तिय संस्थहरुले ४५ अर्ब भन्दा बढिको ऋण–पत्र जारी गर्ने अनुमती पाएका छन् भन्दा अब चाहि फरक पर्दैन । बैंक र वित्तिय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले गत वर्ष नै बैंक र वित्तिय संस्थाहरुले आ–आफ्नौ संस्थाको चुक्ता पुँजीको २५ प्रतिशत हाराहारीको ऋण–पत्र जारी गरिसक्नु पर्ने बाध्यकारी व्यवस्था गरे बमोजिम १७ वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनी सहित तीन दर्जन बैंक र वित्तिय संस्थाहरुले ४५ अर्ब २५ करोडको ऋण–पत्र जारी गर्ने भएका छन् ।

देशमा कोरोना भाइरसको महामारी बढिरहेका बेला आएको ऋण–पत्र बिक्री हुनेमा भने शंका उत्पन्न भएको छ । कोरोनाका कारण जनताको चुलो बाल्न कठिन भएको बेला आएको ४५ अर्ब भन्दा बढिको ऋण–पत्र किन्नेहरुको खडेरी लाग्ने पक्का पक्की देखिन्छ । कारोनाका कारण राष्ट्र बैंकले ऋणपत्र जारी गर्नुपर्ने मितिलाई केही पर धकेलिदिएको छ । बैंकहरुले जारी गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको देखिन्छ । यो सकारात्मक पक्ष भने पक्कै हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय स्रोत परिचालन गर्न प्रोत्साहन गरेको देखिन्छ । जसकारण धितोपत्र बजारमा उपकरणगत विविधीकरण मात्रै भएको छैन । तरलता अभावको मारबाट पिरोलिने बैंक र वित्तीय संस्थालाई पनि ऋणपत्रले केही राहतको महशुस गराएको पक्कै देखिन्छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा १७ वटा वाणिज्य बैंकलाई ४४ अर्ब ८० करोड रुपैयाँ र २ वटा वित्त कम्पनीलाई ४५ करोड रुपैयाँको ८.५० देखि १०.२५ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्ने स्वीकृति दिएको थियो ।
अझै बैंक तथा वित्तीय संस्थाको ५४ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋणपत्र दायित्व रहेको राष्ट्र बैंकले बुझाई छ । स्वीकृति पाउने बैंक र वित्तिय संस्थाहरुमा बैंक अफ काठमाडौं १ अर्ब ६० करोड रुपैयाँ, सेञ्चुरी २ अर्ब २० करोड रुपैयाँ, ग्लोबल आइएमई ३ अर्ब रुपैयाँ, कुमारी ३ अर्ब रुपैयाँ, नेपाल बैंक २ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंक ४ अर्ब रुपैयाँ र प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् ।

त्यसैगरी, सनराइजले ३ अर्ब रुपैयाँ, एनसीसी ३ अर्ब र एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको देखिन्छ । प्रभु बैंकले यही साउन १९ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरिरहेको छ भने राष्ट्रिय वाणिज्य २ अर्ब ५० करोड रुपैयाँ, सानिमा ४ अर्ब रुपैयाँ, एभरेष्ट १ अर्ब रुपैयाँ, सिटिजन्स २ अर्ब ५ करोड रुपैयाँ, कृषि विकास २ अर्ब ५ करोड रुपैयाँ र नेपाल एसबीआइ बैंकले २ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति हालै पाएको छ ।

गुडविल फाइनान्सले २५ करोड रुपैयाँ र आइसीएफसी फाइनान्सले २० करोडको ऋणपत्र जारी गरेका छन् । बैंक तथा वित्तीय संस्थाद्वारा जारी ऋणपत्र न्यूनतम ५ वर्षदेखि १० वर्षसम्म परिवक्छ हुने राष्ट्र बैंकले बताउदै आएको छ ।
कोरोनाका कारण अहिले बैंकिङ प्रणालीमा फालाफाल तरलता छ । ऋणपत्र जारी गर्दाको तुलनामा अहिले ब्याजदर निकै सस्तो भएको छ । कर्जाको ब्याजदर नै एक अंकमा आइसकेको अवस्थामा ऋणपत्रको ब्याज भने बैंकहरुले दोहोरो अंकमै तिरिरहेको देखिन्छ । यो भने राम्रो पक्ष पक्कै होइन ।

जे भएपनि आउँदै गरेको तीन दर्जन बैंक र वित्तिय संस्थाको ऋण–पत्रले कस्तो बजार पाउने हो । तयो चाहि प्रतिक्षा कै विषय बनेको छ । सचेत भया ।

7915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका