जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • वर्क फ्रम होम’ बाट कार्य गर्न राष्ट्र बैंकको वित्तीय संस्थालाई सूचना

वर्क फ्रम होम’ बाट कार्य गर्न राष्ट्र बैंकको वित्तीय संस्थालाई सूचना

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीलाई आलो पालो गरी काममा लगाउन सूचना जारी गरेको छ । राष्ट्र बैंकले स्वस्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी कर्मचारीहरूलाई समुह विभाजन गरी आलोपालो प्रणलीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन गरी काममा लगाउन आज आइतबार सूचना जारी गरेको हो ।

कार्य सम्पादनको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ‘वर्क फ्रम होम’ समेत गराउन सक्ने राष्ट्र बैंकले जनाएको छ । बढ्दै गएको कोरोनाको जोखिमका कारण सरकारले विभिन्न जिल्लामा लकडाउन गरेको छ भने सवारी साधनमा जोर विजोर लागु गरेको छ । विषम र यो जोखिम परिस्थितिमा राष्ट्र बैंकले पनि सुरक्षाको मापदण्ड अपनाइ बैकिङ सेवालाई सुचारु राख्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरको छ ।

प्रदेशस्थित शाखा कार्यलयहरूमा प्रदेश सरकार तथा स्थानिय तहले गरेको निर्णय आधारमा न्युनतम कर्मचारीबाट सेवा प्रवाह गर्न राष्ट्र बैंकले भनेको छ । बन्द रहने शाखाका वारेमा भने भने बैंकहरूले दैनिक रुपमा राष्ट्र बैंंकलाई रिपोटिङ गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । यसका साथै राष्ट्र बैंकले विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्न समेत आग्रह गरेको छ ।

8930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका