जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको सम्पत्ति एकै महिना ४१ अर्ब बढ्यो

राष्ट्र बैंकको सम्पत्ति एकै महिना ४१ अर्ब बढ्यो

नेपाल राष्ट्र बैंकको सम्पत्ति एकै महिना ४१ अर्ब बढेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत मासिक वित्तिय विवरण अनुसार एक महिनामै ४१ अर्ब सम्पत्ति बढेको देखिएको हो ।

उक्त विवरण अनुसार गत महिना बैंकको १४ खर्ब ८४ अर्ब ५५ करोड २३ लाख ४२ हजार ९४९ रुपैयाँ सम्पति रहेकोमा यस महिना १५ खर्ब २५ अर्ब १८ करोड ४७ लाख ८६ हजार ३९६ रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढि नगद तथा नगद समानमा सम्पत्ति बढेको देखिन्छ । नगद तथा नगद समानमा गत महिना ६ खर्ब ६० अर्ब ३८ करोड ५९ लाख ३ हजार ९८८ रहेकोमा यस महिना ७ खर्ब ४ अर्ब ५५ करोड ९१ लाख ८४ हजार ६८५ पुगेको छ ।

त्यस्तै, सुनचाँदी, बैंक तथा वित्तिय संस्थालाई दिएको ऋण तथा सापटी, स्थिर सम्पति तथा उपकरणमा बढेको कारण बैंकको सम्पत्ति बढेको हो ।

4355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका