जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • अपाचे आरटीआर २०० फोरभी बजारमा, बीएस सिक्स इन्जिन, राइडिङ मोडलगायत पावरफुल फिचर

अपाचे आरटीआर २०० फोरभी बजारमा, बीएस सिक्स इन्जिन, राइडिङ मोडलगायत पावरफुल फिचर

टीभिीएसको बहु–प्रतिक्षित अपाचे आरटीआर २०० फोरभी आज नेपाली बजारमा सार्वजनिक भएको छ ।  बीएस सिक्स इन्जिन प्रविधिमा आधारित यो बाइक फस्र्ट इन् क्लास राइडिङ मोड्स सहितको नयाँ मोडल हो ।  

टीभीएस अपाचे आरटीआर २०० फोरभी विथ फस्र्ट इन् क्लास राइडिङ मोड्सकाबारे कुरा गर्नुपर्दा यसमा ठाउँ, सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स छ ।

यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीनवटा मोड छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजी युक्त बीएस सिक्स कम्प्लाइन्ट इन्जिन हो । अटोमोबाइल जगतमा आरटीएफआई प्रविधिलार्ई निकै नै उत्कृष्ट मानिन्छ । यसैगरी बीएस सिक्स कम्प्लाइन्ट इन्जिन सहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतीक्षा गरिरहेको पाइन्छ ।

यसमा आरटीएफआई टेक्नोलोजी युक्त बीएस सिक्स कम्प्लाइन्ट इन्जिन अरु कार्बोरेटर इन्जिनभन्दा एकदमै शक्तिशाली रहेको छ, जसले मोटरसाइकलको शक्ति र आयु दुवैलाई बढाइदिएको छ । यसले टीभीएसको रेसिङ डीएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ ।

यसैगरी यस मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फस्र्ट इन् सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने यसको पूरै ग्राफिक्स, रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको छ ।

३ लाख ८४ हजार ९ सय रुपैयाँ पर्ने यो बाइक नेपाली बजारमा ग्लास ब्ल्याक, पर्ल ह्वाइट र नयाँ म्याट नीलो गरी तीनवटा कलर अप्सनमा उपलब्ध छ ।
यो बाइक पहिलेको भन्दा फरक फस्र्ट इन् सेग्मेन्ट एड्जस्टेबल सस्पेन्सनसहित आएको छ । उच्चतम पर्फमेन्स दिन सक्षम सोआ फ्रन्ट सस्पेन्सनको प्रि लोडेड एड्जस्ट्मेन्टले चालकलाई प्लस राइड र ट्रयाक राइड कुनमा चलाउने भनी अप्सन प्रदान गरेको छ ।

यसमा तीन स्टेप एड्जस्टमेन्ट सहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभर उपलब्ध छ जसलाई बीचको औंलाले सजिलै नियन्त्रण गर्न सकिन्छ ।
साथै सिंगल च्यानल एबीएस राखी ब्रेकिङ प्रणालीमा व्यापक सुधार गरिएको कारण यो बाइक अति सुरक्षित पनि छ ।

4550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका