जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • खनाललाई कारबाही गर्न चौतर्फि दबाब

खनाललाई कारबाही गर्न चौतर्फि दबाब

प्रहरी महानिरीक्षक (आईजीपी) बाट अवकाश पाएका सर्वेन्द्र खनालको नाम बुधबार एउटा गम्भीर आरोपमा मुछियो । खनालमाथि समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादवको कथितरुपमा अपहरण गरेर पार्टी फुटाउन प्रयास गरेको आरोप लागेको छ । निर्मला हत्याकाण्ड, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रहरीबाटै हुनुदेखि प्रहरी संगठनका भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यालयमै छापा मारेर कागजात नियन्त्रणमा लिएको जस्ता घटनाले सर्वेन्द्र खनाल बदनाम बनेका थिए ।

अवकाश पाएसँगै केही समय गुमनाम खनालको नाम ‘सांसद अपहरण’ जस्तो गम्भीर विषयमा जोडिएको छ । डा. यादवलाई अपहरण गरेको भन्दै समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व आईजीपी खनाललाई कारबाही गर्न माग गरेका छन् । भने समाजिक संजालमा सर्बेन्द्र खनाललाई कारबाही गर्नु पर्ने माग बढेको छ ।

बुधबार साँझ समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्वस्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेपछि सर्वेन्द्र खनाललाई कारबाही गर्न सरकारलाई चौतर्फि दबाब परेको छ । राजनीतिक खिचातानीमा महेश बस्नेत र किसान श्रेष्ठको नाम मुछिनुलाई सामान्य मानिए पनि प्रहरी संगठनको नेतृत्व गरेर हालसालै अवकाश पाएका व्यक्तिले राजनीतिक षड्यन्त्रमा प्रत्यक्ष सहभागी हुनुलाई आश्चर्यका रुपमा हेरिएको छ । जबकि खनालले अवकाश पाएको ३ महिना पनि पूरा भएको छैन ।

खनाल पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त पदमा नियुक्त हुन लविङमा रहेका थिए । प्रधानमन्त्री ओलीलाई खुसी पारेर आयुक्त हुनैका लागि खनाल अराजनीतिक काममा लागेको भन्दै चर्को आलोचना भईरहेको छ । सरकारले ल्याएको विवादास्पद संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधनले पनि अख्तियारमा खनालको नियुक्तिको बाटोलाई सहज बनाएको थियो । एकले अर्कालाई दोषी देखाएर प्रहरी अधिकृतहरु पन्छिन खोजे पनि यो मामिला जटिल देखिन्छ । पूर्वप्रधानमन्त्री र बहालवाला प्रदेश गृहमन्त्रीले लगाएको आरोप गम्भीर रहेकाले सबैमाथि अनुसन्धान हुनुपर्ने सुरक्षाविद्हरुको भनाइ छ

8440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका