जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा पनि पुरानै ब्याज दर कायम राख्ने

इन्भेष्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा पनि पुरानै ब्याज दर कायम राख्ने

बैंक तथा वित्तीय संस्थाले तरलता अभावको कारण देखाउँदै निक्षेप तथा कर्जा दुबैको ब्याज दर वृद्धि गरिरहेका बेला दुई वाणिज्य बैंकले‌ यथावत् राखेका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदरमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिइएको छ।

इन्भेष्टमेन्ट बैंकले मुद्दति निक्षेपमा अधिकतम नौ दशमलव ०२ प्रतिशत ब्याज दर कायमै राखेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकको ब्याज दर बचतमा २.५ देखि ४ प्रतिशत रहेको छ। मुद्दति निक्षेपमा पनि अधिकतम ७.५५ प्रतिशत ब्याज दर कायम गरेको छ।
राष्ट्र बैंकले ‌मौद्रिक नीति मार्फत् कर्जा निक्षेप अनुपात सम्बन्धि व्यवस्थामा परिवर्तन गरेपछि कर्जा लगानी गर्न निक्षेपको अभाव झेलेका बैंक तथा वित्तीय संस्थाले गत असोज महिनाबाट निक्षेपको ब्याजदर दोहोरो अंकमा पु‍‌‍र्याएका थिए।

4845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका