जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • फेरि १३ अर्बको ऋणपत्र नवीकरण गर्दै राष्ट्र बैंक

फेरि १३ अर्बको ऋणपत्र नवीकरण गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सरकारले १३ अर्ब रुपैयाँको ऋण सोमबार नवीकरण गर्ने प्रकृया थालेको छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो।

पोहोर सस्तो सरकारका लागि ऋण उठाइदिएको राष्ट्र बैंकले यसपाली महँगो दिन वाध्य भएको छ। बजार ब्याज दर बढि भएका कारण बैंकहरुले बढि बढि दर माग्न थालेका छन्।

बैंकहरुले भनेजति दरमा ऋण नवीकरण गर्न गाह्रो भएपछि पछिल्लो दुई पटक राष्ट्र बैंकले आँफैले ऋणपत्र खरीद गरीदिनु परेको छ।

राष्ट्र बैंकले २८ दिने ५०० करोड, ९१ दिने २०० करोड र १८२ दिने ६०० करोड रुपैयाँको ऋणपत्र नवीकरण गर्न लागेको हो।

बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा लिएरसमेत महँगो ऋणपत्र खरीद गरिरहेका थिए। आइतबार बैंकहरुले स्थायी तरलता सुविधा बापत २६ खर्ब ९६ करोड ७५ लाख रुपैयाँ सापटी चलाएका छन्। चालु बर्ष लागेदेखि कुल ७ खर्ब ४५ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ यस्तो सुविधा लिइसकेका छन्।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका