जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एनसीसी बैंकबाट डेपुटी प्रमुख कार्यकारी अधिकृतसहित एक दर्जन कर्मचारीहरु बैंकबाट बाहिरिए !!

एनसीसी बैंकबाट  डेपुटी प्रमुख कार्यकारी अधिकृतसहित एक दर्जन कर्मचारीहरु बैंकबाट बाहिरिए !!

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) एक दर्जन कर्मचारी बाहिरिएका छन् । कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको एनसीसी बैंकबाट तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतसहित एक दर्जन कर्मचारीहरु बैंकबाट बाहिरिएका हुन् ।

बैंक स्रोतका अनुसार १३ जना वरिष्ठ कर्मचारीहरुले स्वैच्छिक अवकाश लिएका हुन् । बैंकले कुमारीसँग मर्जरको सम्झौता गरेपछि १३ जनाले स्वेच्छिक अवकाश लिएको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए ।

उनका अनुसार बैंकका तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरु बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दीपप्रसाद पाण्डेले अवकाश लिएका छन् भने नायब महाप्रबन्धक विनोदकुमार शर्मा, वरिष्ठ प्रबन्धक नगेन्द्रप्रसाद बिमली, व्यवस्थापक (म्यानेजर) युरेशमान कायस्थ, विनयप्रसाद अधिकारी, सरिना पाण्डे र अमित श्रेष्ठले अवकाश लिएका छन् ।

यस्तै, डेपुटी म्यानेजर मीनराजजंग शाह, अनिल पराजुली, प्रीतमकुमार दास श्रेष्ठ र एसिस्टेन्ट म्यानेजर दुर्गाप्रसाद पाण्डेले पनि अवकाश रोजेका लिएका छन् । अवकाश लिनेहरुलाई न्यूनतम २८ महिनादेखि अधितम् ४२ महिनाको तलब सुविधा दिएर अवकाश दिएको बताइएको छ । उनीहरुले करिब ९ करोड रुपैयाँ लिएका छन् ।

वरिष्ठ पदमा रहेका १३ जनाले स्वेच्छिक अवकाश लिएपछि अहिले एनसीसी बैंकको उच्च व्यवस्थापनको दोस्रो वरियतामा डेपुटी जनरल म्यानेजर मुकुन्द सुवेदी र कार्यवाहक एसिस्टेन्ट जनरल म्यानेजर लक्ष्मी प्रसाद दुवाल तेस्रो वरियतामा छन् । अब एनसीसी बैंकको उच्च व्यवस्थापनमा तीन जना मात्रै बाँकी रहेका छन् ।

दुवै बैकले मंसिर २५ गते विशेष साधारणसभा बाेलाएका छन् । दुवैले अन्तिम स्वीकृति चाँडै पाएमा पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने योजना बनाएका छन् ।

कुमारी बैंक र एनसीसी बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्ज हुने सहमति भएको छ । तर, बैंकको डीडीए रिपोर्टमा भने १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । मर्जरपछि बैंकको सीईओ एनसीसी बैंकका रमेश अर्याल र वरिष्ठ डेपुटी सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल बन्नेछन् । बैंकको अध्यक्षको विषय भने टुङ्ग्याउन बाँकी छ ।

यस्तै, बैंकका सीईओ रमेश कुमार अर्यालले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ३२ लाख रुपैयाँ तलब सुविधा बुझेका छन् । अन्य पदाधिकारी तथा कर्मचारीले ३ करोड २४ हजार रुपैयाँ बुझेका छन् ।

3320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?