जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • सरकारको सद्‌बुद्धि आओस् : चोलेन्द्र शमशेर राणा

सरकारको सद्‌बुद्धि आओस् : चोलेन्द्र शमशेर राणा

गत फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बित भएका थिए। त्यसयता उनले महाभियोग सिफारिस समितिसमक्ष बयान दिए। प्रतिनिधि सभाको कार्यकाल सकिएपछि सर्वोच्च छिर्ने प्रयत्न पनि गरे, तर सफल भएनन्। अर्कोतिर, महाभियोग सिफारिस समितिले अन्तिम समयमा सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका कारण महाभियोग प्रस्तावले टुंगो पाएन।

तर, बुधबार यो प्रकरणले नयाँ मोड लिएको छ। फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बित अवस्थामा रहेको भन्दै सर्वोच्च अदालत लगायतका विभिन्न निकायलाई पत्र लेखेको संसद् सचिवालयले बुधबार सो पत्र निष्प्रभावी रहेको भन्दै पुनः पत्रचार गर्योल। मंगलबार राणाले सचिवालयलाई पत्र पठाएपछि संघीय संसद्‌का महासचिव गौतमले सो पत्र पठाएका हुन्। यसरी संघीय संसद्‌का एक कर्मचारीको पत्रले महाभियोग प्रक्रियाको ‘अन्त्य भएको छ’। यिनै विषयमा राणासँग गरेको कुराकानीः

संसद् सचिवालयको पत्रपछि तपाईं सर्वोच्चमा आउने कुरा थियो। किन आउनुभएन?
मेरो प्रयास छ। म त संवैधानिक विधि र पद्धतिमा रहेको मान्छे हुँ। मेरो दायित्व र जिम्मेवारी त्यही हो। म त्यही प्रक्रिया मिलाएर आएको हुँ। म माथिको महाभियोग प्रस्ताव निष्प्रभावी भयो। त्यसलाई सबैले स्वीकार गरिसक्दा पनि अब सरकार स्वयंले यो संविधानको पालना गर्दिनँ, संवैधानिक कर्तव्य र दायित्वलाई भुल्छु, प्रधानन्यायाधीशलाई प्रवेश गर्न दिन्नँ भन्दै त्यही किसिमको भीडको व्यवस्था गरेर, गैरसंविधानिक क्रियाहरु गर्ने र अराजकताको सिर्जना गर्छ भने अब मैले त के भन्ने?

तपाईं लामो समयसम्म निलम्बित भएर बस्नुभयो। संसद् सचिवालयको पत्रपछि तपाईंले कस्तो अनुभूति गर्नुभएको छ? 
मैले भनिहालेँ। म त संवैधानिक विधि र पद्धतिमा बसेको मान्छे हुँ। विधि र पद्धतिले मलाई जे निकास दिन्छ, त्यसैमा गएर मैले ‘फेस’ गरेको हुँ नि, हैन र? संसद्ले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्न नसक्ने अनि बलजफ्ती गैरसंवैधानिक तरिकाले संविधान विपरीत गएर महाअभियोगको प्रस्ताव जीवितै छ भन्ने? अनि त्यसैलाई ढाल बनाएर प्रधानन्यायाधीशलाई निष्क्रिय बनाउने भनेको त संविधान, विधि र पद्धतिभन्दा माथिका कुरा भए। त्यो त उहाँहरुले भुलेर पनि गर्न नहुने हो। तर उहाँहरुले गरिरहनुभएको छ।

तपाईंको कार्यकाल केही दिन बाँकी छ। यो कार्यकालमा तपाईं सर्वोच्चमा गएर हाजिर गर्नुहुन्छ कि हुन्न?
यसमा सरकारको सद्‌बुद्धि आओस्। सरकारले सहयोग गरोस्। यही हो।

मंगलबार निवेदन दिएर तपाईंले बुधबार चिठ्ठी पाउनुभयो। सर्वोच्च आउने कोसिस पनि गर्नुभयो। यसमा पनि सेटिङ छ भन्ने आरोप छ। त्यस्तै हो?
यस्ता कुरा नगर्नुहोस्। विधि र पद्धतिको कुरामा विश्वास गर्नुपर्छ। यत्ति हो। (नेपाल लाइभ) 

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका