जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • जुवा तथा बाजीजन्य गैरकानूनी कार्यहरुमा संलग्न भए बैंक खाता रोक्का

जुवा तथा बाजीजन्य गैरकानूनी कार्यहरुमा संलग्न भए बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले विद्युतिय भुक्तानी मार्फत जुवा तथा बाजिजन्य गैर कानूनी कार्यहरुमा संलग्न नहुन आह्रान गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो कार्यमा संलग्न नहुन सूचित गरेको हो । साथै जुवा तथा बाजीजन्य कार्यमा संलग्न भएमा बैंक खाता, मोवाइल वालेट लगायतबाट हुुने कारोबारहरु रोक्का गर्ने जनाएको छ ।

त्यस्तै, बैंकको सूचना अनुसार यस्तो कार्यमा संलग्न भएको खण्डमा इजाजत÷अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोवाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन समेत बैंक तथा वित्तिय संस्थाहरुलाई समेत सुचित गरेको छ । कसैले विद्युतिय भुक्तानीका माध्यमबाट जुवा तथा बाजी जन्य कार्यमा संलग्न भए बैंकलाई फोन मार्फत समेत जानकारी गर्न सकिने राष्ट्र बैंकले सुचित गरेको हो ।

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका