Sticky Breaking News
२१ वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनकः पहिलो नबिल बैंक, दोस्रो ग्लोबल आईएमई, तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, चौथो एनआईसी एशिया बैंकः राष्ट्र बैंक बेखबर
![२१ वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनकः पहिलो नबिल बैंक, दोस्रो ग्लोबल आईएमई, तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, चौथो एनआईसी एशिया बैंकः राष्ट्र बैंक बेखबर](http://aarthikbazarnews.com/wp-content/uploads/2023/07/4-__bank-1024x512.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपालका २१ वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनक मात्रै छैन । पत्याउनै गाह्रो छ भन्दा अब चाहि फरक पर्दैन । राष्ट्र बैंकको तथ्याङ्क हेर्दा २१ वाणिज्य बैंकको नाफा ६७ अर्ब भन्दा बढि देखिन्छ । यो आफैमा राम्रो भएपनि नाफा आश्चर्यजनक मात्रै छैन, पत्याउनै गाह्रो छ भन्दा फरक पर्दैन । देश आर्थिक मन्दीमा फसेका बेला, कर्जा प्रवाह पनि नभएको बेला २१ वाणिज्य बैंकहरुले कसरी (११ महिना, जेष्ठ २०८०)सम्म यत्रो नाफा आर्जन कसरी गरियो यो चाहि खोजीकै विषय बनेको छ । विगत ४÷५ महिना देखि बैंकहरुले कर्जा प्रवाह गरेका छैनन् भन्दा फरक पर्दैन । पूराना कर्जाका सावाँ ब्याज उठेको अवस्था पनि छैन । लीलाम विक्री गरेका सम्पत्ती विक्री भएको पनि छैन । कर्जा दिन दिनै प्रोभिजन मात्रै भएको छैन । खराब कर्जा बढेर ४ प्रतिशत भन्दा माथी पुगेको अवस्था छ । तर, पनि धुमाईफिराई बैंकहरुले नाफा देखाउने गरेको भेटिएको छ । नाफा देखाएर नाफामा प्रतिस्पर्धा गर्दा एनआईसी एशिया बैंकले त नक्कली जग्गा धितो राखी ३ करोड भन्दा बढि कर्जा दिएको प्रमाण सहितको समाचार आर्थिक बजार न्यूज डटकमले प्रकाशित गरेको छ । यि त उदाहरण मात्रै हुन् नाफा देखाउन केही ठूला भनौदा बैंकहरुले एउटा कर्जा नउठेपछि अर्को कर्जा त्यही व्यक्ति र समूहलाई दिएर ब्याज र साँवा उठाउने र नाफामा जोड्ने गरेका उदाहरण हामी स–प्रमाण पेश गर्न सक्दछौं । गर्भनर साब हेक्का होस् ।
केही बैंकहरुको खेतीपाती नै अहिले कर्जा फेर्ने र साँवा ब्याज उठाएर आफू ठूलो र राम्रो बैंक भएको देखाउन नाफा बढाउने गरेको तथ्य हामीले फेला पारेका छौं । यसतर्फ राष्ट्र बैंक सचेत बनोस् । २१ वाणिज्य बैंकहरुको (जेष्ट मसान्त २०८०)को नाफा डरलाग्दो देखिन्छ । राष्ट्र बैंककै तथ्याङ्ग हेर्ने हो भने नबिल बैंक लिमिटेडले ७ अर्ब ११ करोड भन्दा बढि नाफा देखाएर पहिलो बन्न सफल भएको देखिन्छ । यस्तै ग्लोबल आईएमई बैंकले ६ अर्ब ५० करोड भन्दा बढि नाफा देखाएर दोस्रो बनेको छ । भने तेस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड बनेको छ । उसको नाफा ४ अर्ब ७६ करोड भन्दा बढि छ भन्दा फरक पर्दैन ।
आर्थिक वर्ष २०७९÷८० को पहिलो ११ महिनाको अवधि वाणिज्य बैंकहरुले ६७ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० जेठसम्मको अवधिमा २१ वटा वाणिज्य बैंकले कुल ६७ अर्ब २३ करोड खुद नाफा गरेको भेटिएको छ । जस मध्ये नबिल बैंकले सर्वाधिक ७ अर्ब ११ करोड खुद नफा गरेको छ । ६ अर्ब ५० करोड सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ४ अर्ब ७६ करोड खुद नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ ।
चौथोमा सधैं चर्चा र विवादमा फस्दै आएकोमा पटक÷पटक नक्कली धितो कर्जा दिएर जनताको डिपोजिट खरानी बनाएको, घोराही सिमेन्टको शेयर खरिद गर्ने ग्राहकको खातामा पैसा नभए पनि शेयर खरिद प्रमाणिकरण गरि गैरकानूनी र किर्ते गरेको बैंक एनआईसी एशिया बैंक लिमिटेडले ११ महिनामा खुदनाफा ४ अर्ब ६३ करोड कमाएको भेटिएको छ । गर्भनर साब हेक्का होस् । के हो कसरी नाफा निकालिन्छ ? यसबारेमा राष्ट्र बैंकले एउटा टिम नै बनाएर छानबीन गर्न ढिला भैइसकेको छ । भन्दा फरक पर्दैन । जसरी पनि नाफा कमाउने होडबाजीले जनताको डिपोजिट डुब्ने देखिन्छ । यसतर्फ राष्ट्र बैंक बोल्नु पर्दछ की पर्दैन । गर्भनर साब ? आर्थिक वर्ष २०७९÷८० को पहिलो ११ महिनाको अवधि वाणिज्य बैंकहरुले ६७ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० जेठसम्मको अवधिमा २१ वटा वाणिज्य बैंकले कुल ६७ अर्ब २३ करोड खुद नाफा गरेको भेटिएको छ । जस मध्ये नबिल बैंकले सर्वाधिक ७ अर्ब ११ करोड खुद नफा गरेको छ । ६ अर्ब ५० करोड सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ४ अर्ब ७६ करोड खुद नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ । एनआईसी एसिया बैंकको ४ अर्ब ६३ करोड रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड खुद नाफा गरेको देखिन्छ ।
कृषि विकास बैंकले १ अर्ब ५६ करोड खुद नाफा गरेको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड खुद नाफा कमाएको छ । त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड, तथा लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ६८ करोड रहेको छ । हाल सनराइज बैंक र लक्ष्मी बैंक भने एक आपसमा मर्ज भएर एकिकृत कारोबार गरिसकेका छन् ।
अघिल्लो महिना एनआईसी एसिया तेस्रो स्थानमा रहेकोमा यस पटक एनआईएमबि अगाडी आएको हो । भन्दा फरक पर्दैन । कारण हो नक्कली धितो राखी दिएको ३ करोड कर्जा प्रोभिजन नै हो । भन्दा फरक पर्दैन गर्भनर साब ! यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब ५६ करोड खुद नाफा गरेको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड खुद नाफा कमाएको छ । त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड, तथा लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ६८ करोड रहेको छ । हाल सनराइज बैंक र लक्ष्मी बैंक भने एक आपसमा मर्ज भएर एकिकृत कारोबार गरिसकेका छन् । यो अपरिस्कृत विवरण भएकोले बैंकहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने देखिन्छ । सचेत भया ।