जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • एनआईएमबी एस क्यापिटल र र गोल्छा ग्रुपबीच लगानी सम्झौता

एनआईएमबी एस क्यापिटल र र गोल्छा ग्रुपबीच लगानी सम्झौता

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड)द्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फन्डअन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रालि र हंसराज हुलासचन्द एन्ड को प्रालिबीच एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा ‘कर्पोरेट पेरोल एसआईपी’ लगानी गर्ने उद्देश्यका साथ एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअन्तर्गत हिम इलेक्ट्रोनिक्स. तथा हंसराज हुलासचन्दका कर्मचारीले आफ्नो इच्छाअनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबिएल सहभागिता फन्डको व्यवस्थित लगानी योजना (एसआईपी)मार्फत लगानी गर्न सक्नेछन्।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को प्रालिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक–एचआर नीता राणा तथा हिम इलेक्ट्रोनिक्सका तर्फबाट उपप्रबन्धक नीलम केसी र एनआईएमबी एस क्यापिटलका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

उक्त हस्ताक्षर समारोहमा एनआईएमबीएस क्यापिटलका तर्फबाट म्युचुअल फन्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड कोका तर्फबाट सहायक महाप्रबन्धक–अकाउन्ट एन्ड फाइनान्स सन्तोषप्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्सका तर्फबाट वित्त नियन्त्रक–अकाउन्ट एन्ड फाइनान्स योगेशचन्द्र पन्तको पनि उपस्थिति थियो।

975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?