जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

लुम्बिनी विकास बैंकले आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ। मंसिर २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकका अनुसार आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब ८२ करोड २८ लाख २१ हजार २८६.३२ रुपैयाँको कुल ८.५ प्रतिशतले हुन आउने २८ करोड ७५ लाख ३९ हजार ८०९.३३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ४ प्रतिशतले हुन आउने १३ करोड ५३ लाख १२ हजार ८५१.४५ रुपैयाँ बराबरको बोनस सेयर र ४.५ प्रतिशतले हुन आउने १५ करोड २२ लाख २६ हजार ९५७.८८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन् ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण हुने छ ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका