जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • ५ महिनामा झण्डै ४५ हजार बीमितले त्यागे बीमा पोलिसी

५ महिनामा झण्डै ४५ हजार बीमितले त्यागे बीमा पोलिसी

जीवन बीमा कम्पनीबाट हालसम्म ४४ हजार ९५५ वटा बीमा पोलिसी त्याग (सरेण्डर) भएको छ ।  

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीबाट चालू आर्थिक वर्ष २०८०/ ०८१ को ५ महिनासम्ममा ४४ हजार बढी बीमितबाट पोलिसी सरेण्डर भएको हो ।

कात्तिकमा पोलिसी समर्पण दर घट्दा बीमा प्राधिकरणले अब यस्तो दर घट्ने अनुमान गरेको थियो । तर मंसिर महिनाको तथ्यांकमा भने त्यस्तो दर फेरि बृद्धि भएको छ । सो महिनामा ९ हजार ७४४ बीमितबाट कुल १ अर्ब ८ करोड रुपैयाँको पोलिसी त्याग भएको छ ।  

गत पुसमा संसदको सार्वजनिक लेखा समितिले बीमा पोलिसी सरेण्डर सम्बन्धमा बीमितले तिरेको बीमाशुल्कमा २५ प्रतिशत सञ्चालन खर्च कटौती गरी बाँकी रकम फिर्ता गर्ने व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।  

बजारमा अबपोलिसी सरेण्डर गर्दा बीमा शुल्कको २५ प्रतिशत रकम काटिर अरु रकम पाउने भ्रम फैलिंदा पोलिसी त्याग गर्नेको संख्या बढ्न पुगेको प्राधिकरणले बताएको छ । 

820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका