जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट, महतले सन्दर्भविना किन गरे पत्रकार सम्मेलन?

प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट, महतले सन्दर्भविना किन गरे पत्रकार सम्मेलन?

पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत निराश मुद्रामा

अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षामार्फत राजस्व र वैदेशिक सहायताबाट हुने आम्दानी तथा खर्चको लक्ष्य घटाएका थिए। तर, उनले शुक्रबार बजेटको आकार घटाएको भन्नु गलत भएको बताए।

‘माघ मसान्तभित्र अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक हुन्छ। यो नयाँ विषय होइन्, निरन्तरता मात्रै हो। हामीले कति लक्ष्य निर्धारण गरेका थियौं, राजस्व र बजेट कार्यान्वयमा के समस्या रहे भनेर समीक्षा प्रतिवेदन प्रस्तुत गरेका हौं,’ उनले भने, ‘आगामी ६ महिनामा कति खर्च गर्न सक्छौं भन्ने सार्वजनिक गरेका हौं। बजेट कटौती गरेको होइन। जति सम्भव हुन्छ खर्च गर्छौं। संसद्ले पास गरेको बजेट हामीले घटाउन सक्दैनौं।‘

अर्थ मन्त्रालयले समीक्षामार्फत चालुतर्फ १० खर्ब ७ अर्ब ४५ करोड अर्थात विनियोजनको ८८.२४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब १३ करोड रुपैयाँ अर्थात विनियोजनको ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब ६७ करोड रुपैयाँ अर्थात विनियोजनको ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरेको छ।

यस्तै, चालु वर्षको अन्त्यसम्म राजस्व र आन्तरिक ऋण १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदान ४० अर्ब १२ करोड र वैदेशिक ऋण १ खर्ब ८० अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने संशोधित अनुमान छ।

जबकि बजेटमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व, ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान, २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋण र २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य थियो।

दाबी सुनाउने र प्रष्टिकरण दिने प्रयोजनका लागि विना सन्दर्भ पत्रकार सम्मेलन गरेर महतले प्रचण्डसँग खटपट बढेको आफैं पुष्टि गरेका छन्।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका