![शिखर इन्स्योरेन्सले गर्यो तीन महिनामा ११ करोड नाफा](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/shikhar-insurance-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ११ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार ११ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
यो नाफा गत वर्षको भन्दा केही बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीले १.३३ प्रतिशतले नाफा बढाएको छ ।
पहिलो त्रैमासमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको महाविपत्ति कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।