जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको २८ औँ साधारण सभा सम्पन्न

प्रभु इन्स्योरेन्सको २८ औँ साधारण सभा सम्पन्न

२८ औँ साधारण सभाले नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिमा प्रमोटर ग्रुपबाट राहुल थोकर लामा र मिजास भट्टचन निर्वाचित भएका छन् । कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचित गरेको छ । कोषले आफ्नो प्रतिनिधि पठाएको छैन । 

बिहीबार सम्पन्न सर्वसाधारण समूहको निर्वाचनबाट रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामा निर्वाचित भएको इन्स्योरेन्सको वर्तमान अध्यक्ष कुसुम लामाले बताइन । 

लामा यसअघि प्रभु इन्स्योरेन्सको २ कार्यकाल अध्यक्ष रहेकी थिइन् । सोही कारण लामा बिदा भएकी हुन् । प्रभु इन्स्योरेन्सको अध्यक्षमा नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पनि भैसकेका राजेन्द्र मल्ल बन्ने अनुमान गरिएको छ ।

नयाँ सञ्चालक समिति चयनको लागी बिहीबार दिनभरजसो नै निर्वाचन भएको थियो । प्रभु इन्स्योरेन्समा लामो समयदेखि सञ्चालक रहँदै आएका रणकेशव प्रधान भने पराजित भएका छन् । 

245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका