जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • चिरायु भण्डारीको नेतृत्वमा नेपाल लघु बिमक संघ स्थापना

चिरायु भण्डारीको नेतृत्वमा नेपाल लघु बिमक संघ स्थापना

लघु बिमा कम्पनीहरूले ‘नेपाल लघु बिमक संघ’ नामक छुट्टै संघ दर्ता गरेका छन्। बिमा सेवालाई थप सहज र स्तरीय बनाउने उद्देश्यका साथ लघु बिमक संघ दर्ता भएको हो।

संघले नेपाल बिमा प्राधिकरणलगायत सम्बन्धित संघ–संस्थासँग सहकार्य र समन्वय गरी समावेशी बिमाको अवधारणालाई अगाडि बढाइने बताइएको छ।

गठित संघको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारी चयन भएका छन्।यस्तै, उपाध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्सका सिइओ विश्वराम तिमिला, सचिवमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सिइओ नरेशकुमार रोका र कोषाध्यक्षमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सिइओ रामकुमार यादव रहेका छन्।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका