जोडिनुहोस
शनिबार, फाल्गुन ९, २०८२
शनिबार, फाल्गुन ९, २०८२

शेयर बजार घट्यो

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ बिन्दुले घटेर २५२ दशमलव ४१ बिन्दुमा झरेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार बैंकिङ चार दशमलव ५६, होटल २१ दशमलव ५०, विकास बैंक आठ दशमलव ८१, जलविद्युत् ११ दशमलव शून्य पाँच, वित्त दुई दशमलव ३७, निर्जीवन बीमा २४ दशमलव ३६, उत्पादन नौ दशमलव ४१, अन्य शून्य दशमलव ६९, लघुवित्त १३ दशमलव ८४ र जीवन बीमा २९ दशमलव ३६ बिन्दुले घटेका छन् ।

घटेको बजारमा मल्टीपर्पोज फाइनान्स कम्पनी, प्राइम बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, छ्याङ्दी हाइड्रोपावर कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

12125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका