जोडिनुहोस
मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
  • होमपेज
  • आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच आज बुधबार मर्जरमा जाने सम्झौता भएको हो ।

दुई संस्थाबीच १००:७० को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । जस अनुसार आंधीखोला लघुवित्तको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता शेयर पाउने छन् । आंधीखोलाले यस अघि घोषणा गरेको २० प्रतिशत लाभांश बितरण गरेर मर्जमा जाने छ।  यद्यपि अन्तिम स्वाप भने डिडिएपछि तय हुने कम्पनीले जनाएको छ ।

यस अघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । तर मर्जर भाडिएपछि नेप्सेमा गत जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा भएको थियो । अब कम्पनीले फेरि मर्जर सम्झौता गरेसंगै एक महिना पनि नपुग्दै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ ।

सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आईपिओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका