जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • अब डिशहोममा ‘मधेस प्लस’ च्यानल

अब डिशहोममा ‘मधेस प्लस’ च्यानल

डिशहोमले ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु गरेको छ । डशहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिन्छ । उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ ।

हरेक शुक्रवार राति ८ बजे मैथली भाषाको समामााजिक परिवेशमा आधारित समसामयिक टेलिऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ । उक्त सिरियल दर्शकले अत्याधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिय आएको डिशहोमले जनाएको छ । प्राप्त प्रतिक्रियाकै आधारमा ‘मधेस प्लस च्यानल’ मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रित कार्यक्रम  प्रसारणको  तयारी गरिरहेको छ । दर्शकले हरेक शनिबार दिउँसो १ः ०० बजे भोजपुरी भाषामा हलिउड चलचित्र हेर्न सक्नेछन् ।

यस्तै दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण भइरहेको छ । यो च्यानलमा छिट्टै स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी डिशहोमको छ ।

लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँनयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लस मुभिजस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा मधेस क्षेत्रमा प्रचलित भाषाका सामग्री समेटिएको मनोरञ्जनात्मक ‘मधेस प्लस’ च्यानल संचालनमा ल्याएको हो ।

यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथली, थारु लगायतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिने छ । जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ । आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामग्री प्रसारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्ये लिएको छ ।

6170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका