जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ग्रीनहिल सिटी देखि होसियार !

ग्रीनहिल सिटी देखि होसियार !

पटक÷पटक विावदमा फस्दै आएको ग्रीनहिल सिटी फेरि विवादमा फसेको छ । हालै एउटा अचम्मको घटना घटेको छ ।

ग्रीनहिल सिटीद्वारा मुलपानीमा निर्माणाधिन घर भत्किएको छ । कच्चा पदार्थ कमशल र कम सिमेन्ट हाली कम मूल्यमा घर बनाएर ग्रीनहिल सिटीले महंगोमा बेच्दै आएको थियो । यसको प्रमाण यो भत्किएको घरले देखाएको छ । बाटो नै अवरुद्ध भएपछि स्थानीय बासिन्दाहरुले तत्कालै बाटो बनाई दिन आग्रह गरेपनि ग्रीनहिल सिटी नेतृत्वले नमानेपछि यस कम्पनीका घर नकिन्न ग्राहकलाई अनुरोध गर्ने निर्णय समेत गरेको भेटिएको छ । सरकारी जग्गा मिचेर बनाइएका यस्ता कमशल घरहरु बनाएर ग्राहक ठग्दै आएको ग्रीनहिल सिटी फेरी विवादमा फसेको हो ।

पानीको भेल पसेर लडेको भनिएको घर ढल्दा पनि एक ढिक्का जस्तै नै रहेकाले यसमा प्रयोग भएको निर्माण सामग्री वा निर्माण गुणस्तरहिन भएको प्रस्टै देखिन्छ ।
कम्पनीले संरचना निर्माण पूरा गरिसकेको यो घर अहिलेसम्म कुनै पनि ग्राहकले नकिनेका र फेरि मर्मत गरि बेच्ने कम्पनीको दाउ रहेको देखिन्छ ।

8055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका