जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको नेपाल रेमिटसँग विप्रेषण कारोबार सम्झौता

कामना सेवा विकास बैंकको नेपाल रेमिटसँग विप्रेषण कारोबार सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनल प्रा. लि.बीच आज विप्रेषण कारोबार सेवा प्रदान गर्ने गरि सम्झौतापत्रमा भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रा. लि.को विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा त्रकान्जेक्सन बैकिङ्ग प्रमुख श्री सुवास भट्टराई र नेपाल रेमिट इटरनेशनल प्रा. लि को तर्फबाट कार्यकारी निर्देशक श्री सुमित मित्तलले हस्ताक्ष्ँर गर्नुभएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटाATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको  छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

5140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका