जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कामना सेवाकोे ७० औं शाखा झापाको बिर्तामोडमा

कामना सेवाकोे ७० औं शाखा झापाको बिर्तामोडमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, बिर्तामोड नगरपालिकाको वडा नं ०४, भद्रपुर रोडमा आफ्नो ७० औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराउनु भयो ।

यस बैंकले पछिल्लो समय व्यवसायकादायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

10020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका