
भूपेन्द्र आचार्य । नेपाल बंगलादेश बैंक (एनबी)मा फेरी जनताको रगत र पसिनाको अरबौं रकम घोटला खुलेको छ । एनबी बैंकले कर्पोरेट भवन बनाउने नाममा अरबौंको जग्गा खरिद गरि रकम चलखेल गरेको स्रोतको दाबी छ ।
अजय राज पराजुली (सुमार्गी)ले २०७१ सालमा प्रतिआना २० लाख रुपैयामा किनेको जग्गा बैंकले २०७५ सालमा आएर सोही जग्गा ठूलो कमिशनको चलखेल गरी प्रति आना ७८ लाख तिरेर किनेको एनबी बैंकका एक संचालकले राजतिलक साप्ताहिकलाई बताए । उनका अनुसार बैंकका केही उच्च तहका कर्मचारीहरुको मिलमोतोमा नै यस्ता कार्य सम्भव भएको दाबी गरे ।
समाचार स्रोतका अनुसार सुमार्गीको मुक्तिश्री कम्पनीले नेपाल बंगलादेश बैंकलाई अबैंमा जग्गा बिक्री गरेको छ । राजधानीको विशालनगरमा रहेको सुमार्गीको करिब २० रोपनी जग्गामध्ये साढे ७ रोपनी जग्गा कम्पनीले केही दिनअघि मात्रै बैंकलाई बिक्री गरेको हो ।
सुमार्गीले फ्रान्सेली राजदुतको नीजि निवास रहेको घरसहितको १९ रोपनी १२ आना जग्गा २०७१ सालमा ६३ करोड रुपैयाँमा किनेका थिए । त्यतीबेला सुमार्गीले प्रति आना २० लाख रुपैयाँमा किनेको जग्गा ४ वर्षपछि ४ गुणा बढी मूल्य लिएर प्रति आना ७८ लाख रुपैयाँका दरले बिक्री गरेको खुलेको छ ।
समार्गीले १९ रोपनी १२ आनामध्ये करिव साढे ७ रोपनी जग्गा ९५ करोडमा बिक्री गरेका हुन् । बाँकी जग्गा सुमार्गीले आफूसँगै राखेका छन् । सुमार्गीसँग अझै विशालनगरमा करिब साढे १२ रोपनी जग्गा बाँकी छ । कित्ता नम्बर १४१ को ३२२६.८२ वर्ग्मिटर र कित्ता नम्बर ३१७ को ६२०.५० वर्ग्मिटर गरि ३८४७.३२ वर्ग्मिटर (७.५६ रोपनी) जग्गा बिक्री गरिएको हो ।
बैंकले सुमार्गीबाट किनेर केही दिनअघि डिल्लीबजार मालपोत कार्यालयमा नामसारीसमेत गरेको भेटिएको छ । नेपाल बंगलादेश बैंकको कमलादीस्थित मुख्य कार्यालयलाई आगामी साढे दुई वर्ष्भित्र विशालनगरमा सार्ने भनी सुमार्गीबाट चर्को रकम तिरी उक्त जग्गा किनेको हो ।
जनताको रगत पसिनाबाट जम्मा गरेको पैसामा बैंकको उच्च तहमा बसेका केही कर्मचारीहरुले कमिशन लिँदा पनि राष्ट्र बैंक चुप लागि बसेको देखिन्छ ।
एनबी बैंकले सुमार्गीबाट किनेको उक्त जग्गामा ठुलो रकम चलखेल र हिनामिना भएको भन्दै केही संचालक तथा शेयरधनीहरुले अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएको एक संचालकले नाम नलेख्ने सर्तमा राजतिलक साप्ताहिकलाई बताए ।राजतिलक साप्ताहिक
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































