जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्राइम लाइफ इन्स्योरेन्सको बोनस दर बढ्यो, बीमितलाई ३५ देखि ८० रुपैयाँसम्म दिने

प्राइम लाइफ इन्स्योरेन्सको बोनस दर बढ्यो, बीमितलाई ३५ देखि ८० रुपैयाँसम्म दिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ बोनस दर जारी गरेको छ। आर्थिक वर्ष २०७७/ ७८ को कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी प्रतिवेदन गत भदौ ३० गते बीमा समितिबाट स्वीकृत भएको थियो। कम्पनीले सोही वर्षको नाफाबाट बीमितहरुलाई बोनस दिन लागेको जनाएको छ।

कम्पनीले जारी गरेको बोनस दर अनुसार बीमितले प्रति हजार ३५ देखि ८० रुपैयाँ पाउनेछन्। यस अघिको वर्षमा कम्पनीले प्रति हजार ३५ देखि ७५ रुपैयाँ बोनस दिएको थियो।

सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लगि ३५ रुपैयाँ तोकेको छ। १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ ,१५ वर्षदेखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लगि ५० रुपैयाँ र २५ देखि माथि अवधिलाई ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

सावधिक तथा आजीवन बीमालेखअन्तर्गत ९ वर्ष अवधिको लागि ३६ रुपैयाँ छ। १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ६५ रुपैयाँ र २५ वर्षदेखि बढी अवधिका लागि ८० रुपैयाँ बोनस बीमितले पाउनेछन्।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ बोनस दर तोकेको छ। १५ वर्ष देखि १९ वर्ष अवधिको ५८ रुपैयाँ २० देखि २४ वर्ष अवधिका लागि ६५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ८० रुपैयाँ बोनस दर छ।

साथै, प्राइम जीवन उपहार (अग्रिम भुक्तानी ) योजनामा १६ वर्ष अवधिका लागि ४२ रुपैयाँ छ। प्राइम जीवन उपहार (सावधिक ) मा १५ वर्ष अवधिका लागि ४० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका