जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अप्रिलाको ‘एसआर-१६०’ स्कुटर सार्वजनिक, विभिन्न ५ कलरमा पाइने

अप्रिलाको ‘एसआर-१६०’ स्कुटर सार्वजनिक, विभिन्न ५ कलरमा पाइने

अप्रिलाको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्व प्रालिले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शोको अवसर पारेर ‘अप्रिला एसआर-१६०’ सार्वजनिक गरेको हो ।

१६० सीसीको उक्त स्कुटर पेट्रोलबाट चल्ने कम्पनीका सिनियर सेल्स म्यानेजर बिभाब कार्कीले बताए । १५५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको सो स्कुटरको सिटको उचाइ ७८० मिलिमिटर छ ।

कार्कीका अनुसार याे स्कुटर खैरो, सेतो, कालो, रातो र निलो गरी ५ वटा रङमा पाइने छ । जसको कर्ब वजन १२२ केजी रहेको छ । त्यस्तै, स्कुटरमा ६ लिटरसम्म पेट्रोल अट्ने फिउल ट्याङ्कीको जडान भएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा यो स्कुटरको मूल्य ३ लाख ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मूल्य अन्य स्कुटरको तुलनामा कम रहेको कम्पनीको दावी छ ।

2050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका