जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ढुङ्गाअड्डामा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ढुङ्गाअड्डामा

मुक्तिनाथ विकास बैंकले काठमाडौंको ढुङ्गाअड्डाम नयाँ शाखा संचालनमा ल्याएको छ ।
शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्नु गर्दै मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवाप्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका सभापतितथा बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमानअवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए ।

मुक्तिनाथविकास बैंक लिमिटेडले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधा, साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।

9375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका