जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रभु लाईफ, ज्योती लाईफ, गुराँस लाइफ, सनलाईफ र आईएमई लाईफ इन्स्योरेन्सले नक्कली बीम गरी करोडौं असुलीः बीमा समिति बेखबर ?

प्रभु लाईफ, ज्योती लाईफ, गुराँस लाइफ, सनलाईफ र आईएमई लाईफ इन्स्योरेन्सले नक्कली बीम गरी करोडौं असुलीः बीमा समिति बेखबर ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम नेपालका नयाँ जीवन बीमा कम्पनीहरुले गरेका छन् भन्दा अब चाहि फरक पर्दैन । नियमनकारी निकाय बीमा समितिको आँखा छल्दै नेपालका नयाँ नीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत, उच्च कर्मचारी र अभिकर्ताहरुको मिलमतोमा वार्षिक धनफिर्ता योजनाको बीमा लेखमा करोडौं असुली गरेको फेला परेको छ भन्दा फरक पर्दैन । अभिकर्ताहरुको गोजी पनि भरिने । सीइओ साब, उच्च कर्मचारीहरुको ज्ञान पनि बढ्ने भन्दै नक्कली बीमा गराई करोडौं असुली गरेको देखिन्छ । बीमा समितिका अध्यक्षज्यू ।

नेपालका नयाँ जीवन बीमा कम्पनीहरु प्रभु लाईफ इन्स्योरेन्स कम्पनी, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ, सनलाईफ इन्स्योरेन्स कम्पनीले ‘घनफिर्ता योजना’ अन्तर्गताको बीमा पोलिसी ल्याएर लुट मच्चाएको भेटिएको छ ।

यस बदमासी अन्तर्गत यी कम्पनीहरुले २० बर्षको लागि १ करोडको बीमा गर्दा ७ लाख प्रिमियम तिर्नुपर्ने भएपनि २५ प्रतिशत कमिसन, १८ प्रतिशत इन्सेन्टिभ, बोनस दरबाट प्राप्त हुने पैसा र उक्त पोलिसी बैंकमा राखेर आउने ऋण बापतको रकम जोड्दा प्रिमियम बापत मात्र १ लाख २५ हजार तिरेको भेटिएको छ । के यो ठगी नभए के हो ?

कथा मिठो छ हेरौं ?
भनिन्छ जीवन बीम कम्पनीका बीमा पूराना भनिएका र दक्ष भनिएका अभिकर्ताहरुले आसेपासे खोजेर उनीहरूको नाममा बार्षिक धनफिर्ता योजना अन्तर्गतको बीमा पोलिसी किन्ने र त्यहि पोलिसलाई दुई बर्षपछि बन्द गराएर सुरुमा तिरेको प्रिमियम भन्दा झन्डै डबल असुल्ने गर्ने गरेको भेटिएको छ । यो कस्तो पोलिसी हो ? यसको खोजी शुरु भएको छ ।

बदमासी अन्तर्गत यी कम्पनीहरुले २० बर्षको लागि १ करोडको बीमा गर्दा ७ लाख प्रिमियम तिर्नुपर्ने भएपनि २५ प्रतिशत कमिसन, १८ प्रतिशत इन्सेन्टिभ, बोनस दरबाट प्राप्त हुने पैसा र उक्त पोलिसी बैंकमा राखेर आउने ऋण बापतको रकम जोड्दा प्रिमियम बापत मात्र १ लाख २५ हजार तिरेको भेटिएको छ । के यो ठगी नभए के हो ?

यी ५ वटा जीवन बीमा कम्पनीका बीमा अभिकर्ताहरुले अधिकांशको १ करोडको बीमा गरिदिने तथा त्यस बापत तिर्नुपर्ने प्रिमियम रकम पनि आफैं तिरिदिने र तिरेपछि फिर्ता हुने रकम, कमिसन र इन्सेन्टिभ पनि आफैं लिने गरेको भेटिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

यस बदमासी अन्तर्गत यी कम्पनीहरुले २० बर्षको लागि १ करोडको बीमा गर्दा ७ लाख प्रिमियम तिर्नुपर्ने भएपनि २५ प्रतिशत कमिसन, १८ प्रतिशत इन्सेन्टिभ, बोनस दरबाट प्राप्त हुने पैसा र उक्त पोलिसी बैंकमा राखेर आउने ऋण बापतको रकम जोड्दा प्रिमियम बापत मात्र १ लाख २५ हजार तिरेको भेटिएको छ । के यो ठगी नभए के हो ?-“

यस्तो हुँदा एउटा व्यक्तिको नामले कम्पनीको १ करोडको व्यवसाय पनि हुने र एउटा व्यक्तिको नामले अभिकर्तालाई झन्डै १ लाख ४२ हजार फाइदा पनि हुने भएकाले यी कम्पनीका सीईओ तथा उच्च तहका कर्मचारीले अभिकर्तासँग मिलेर यस्तो धन्दा गरी माथी उल्लेखित ५ वटा जीवन बीमा कम्पनीहरुले लुट मच्चाएको भेटिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

सबै कटाएर अहिले प्रिमियम बापत १ लाख २५ हजार तिरेको व्यक्तिले २ बर्षपछि पछि यो पोलिसी सरेन्डर गर्दा यसबाट उसलाई झन्डै २ लाख ६७ हजार फिर्ता आएको देखिएको छ । अर्थात १ लाख २५ हजार तिर्दा २ बर्षसम्म १ करोडको बीमा पनि हुने र २ बर्षपछि उल्टै २ लाख ६७ हजार पनि फिर्ता हुने गरि यी प्रभु, आईएमई, गुराँस लाइफ, सनलाईफ, ज्योति लाईफ इन्स्योरेन्स कम्पनीहरुले काम गरिरहेको भेटिएको छ ।

यस्तो हुँदा एउटा व्यक्तिको नामले कम्पनीको १ करोडको व्यवसाय पनि हुने र एउटा व्यक्तिको नामले अभिकर्तालाई झन्डै १ लाख ४२ हजार फाइदा पनि हुने भएकाले यी कम्पनीका सीईओ तथा उच्च तहका कर्मचारीले अभिकर्तासँग मिलेर यस्तो धन्दा गरी माथी उल्लेखित ५ वटा जीवन बीमा कम्पनीहरुले लुट मच्चाएको भेटिएको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

दुई बर्षपछि उक्त पोलिसी बन्द गर्दा अभिकर्तालाई मोटो रकम हात लाग्ने र कम्पनीको व्यवसाय पनि बढेको देखिने भएकाले सीइओ र अभिकर्ता नै एक आपसमा मिलेर यस्तो काम गरेको एक जीवन बीमा कम्पनीका सीइओले नाम नलेखिदिने शर्तमा आर्थिक बजार न्यूजडटकमसंग बताए । उनीले थपेः– यसबाट कम्पनीलाई सिधा सिधा प्रति पोलिसी १ लाख ४२ हजार घाटा पनि लाग्ने र भविष्यमा कम्पनीको दायित्व पनि बढ्दै जाने भएकाले सीईओहरुले आफ्नो कार्यकाललाई हेरेर मात्रै यस्तो बीमा पोलीसी विक्री गरेको देखिन्छ नि ।

यी ५ वटा जीवन बीमा कम्पनीका सयौं अभिकर्ताहरुले धेरै जनाको नागरिकता बटुलेर उनीहरुको नाममा २० बर्षको लागि १ करोडको जीवन बीमा गरेको भेटिएको छ । यो कस्तो जीवन बीमा हो ? के यस्ता जीवन बीमा कम्पनीलाई कारवाही हुँदैन ? दुई बर्षपछि उक्त पोलिसी बन्द गर्दा अभिकर्तालाई मोटो रकम हात लाग्ने र कम्पनीको व्यवसाय पनि बढेको देखिने भएकाले सीइओ र अभिकर्ता नै एक आपसमा मिलेर यस्तो काम गरेको एक जीवन बीमा कम्पनीका सीइओले नाम नलेखिदिने शर्तमा आर्थिक बजार न्यूजडटकमसंग बताए । उनीले थपेः– यसबाट कम्पनीलाई सिधा सिधा प्रति पोलिसी १ लाख ४२ हजार घाटा पनि लाग्ने र भविष्यमा कम्पनीको दायित्व पनि बढ्दै जाने भएकाले सीईओहरुले आफ्नो कार्यकाललाई हेरेर मात्रै यस्तो बीमा पोलीसी विक्री गरेको देखिन्छ नि ।

१ लाख २५ हजार लिएर दुई बर्षमा २ लाख ६७ हजार तिर्नुपर्दा यसबाट कम्पनी ठुलो घाटामा जाने देखिन्छ भने पोलिसी बन्द हुनासाथ यसले कम्पनीको प्रोभिजन बढाउँछ र यसले कम्पनीको ल्याप्स रेसियो समेत बढाउँछ । जसले गर्दा यी जीवन बीमा कम्पनीको जीवन बीमा कोषमा नोक्सानी थपिदै जान्छ । यसले यी कम्पनीमा बीमा गर्ने बीमितलाई उसले पाउने बोनस र लगानीकर्ताले पाउने लाभांश पनि ठूलो घाटा हुने देखिन्छ ।

यस अगाडी पनि सिंगल प्रिमियममा यस्तै बदमासी देखिएपछि हालै मात्र बीमा समितिमा नियुक्ती हुनुभएका अध्यक्ष सुर्य प्रसाद सिलवालले यसलाई रोक्ने प्रयास गरेका थिए । सिंगल प्रिमियममा भएको बदमासी रोक्ने प्रयास भएपछि यी ५ वटा जीवन बीमा कम्पनीहरुले बार्षिक धनफिर्ता योजना मार्फत यस्तो बदमासी थालेका छन् भन्दा फरक पर्दैन ।

१ लाख २५ हजार लिएर दुई बर्षमा २ लाख ६७ हजार तिर्नुपर्दा यसबाट कम्पनी ठुलो घाटामा जाने देखिन्छ भने पोलिसी बन्द हुनासाथ यसले कम्पनीको प्रोभिजन बढाउँछ र यसले कम्पनीको ल्याप्स रेसियो समेत बढाउँछ । जसले गर्दा यी जीवन बीमा कम्पनीको जीवन बीमा कोषमा नोक्सानी थपिदै जान्छ । यसले यी कम्पनीमा बीमा गर्ने बीमितलाई उसले पाउने बोनस र लगानीकर्ताले पाउने लाभांश पनि ठूलो घाटा हुने देखिन्छ । बीमा समतिका अध्यक्षज्यू यी ५ वटा प्रभु, सनलाईफ, गुराँस लाइफ, आईएमई र ज्योति लाईफ माथी तत्कालै छानवीन गरि यस्ता जीवन बीमा कम्पनी माथी कारवाही होस् र बीमाले लेख बन्द होस् । सचते भया ।

24320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका