जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम

एनआईसी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम गरेको छ ।

यस सहुलियतपश्चात् यसभन्दा अगाडि तीन प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकमहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको कम्पनीले बताएको छ । जसअनुसार कम्पनीको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा तीन प्रतिशत प्रिमियम थप गरि कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ ।

कम्पनीले ल्याएको यो नयाँप्रिमियम दरफोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाहभएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसायकर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ ।

आर्थिक गतिविधि संकुचन भइरहेको यससमयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने उद्धेष्यले कम्पनीले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई ग्राहकहरुलाई कर्जा भुक्तानीमा सहजहुने पनि कम्पनीले बताएको छ ।

कम्पनीले मुलुकभर ३६० शाखाकार्यालयहरू, ६५६ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक बृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको पनि कम्पनीले बताएको छ ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?