जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली

२७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली

नेपाल प्रहरीको २७ ‌औं प्रहरी महानिरीक्षक (आइजीपी) डिआइजी ठाकुर ज्ञवालीलाई बनाउने सरकारले निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। प्रदेश १ का प्रहरी प्रमुख रहेका ज्ञवाली पाँच महिना महानिरीक्षक पदमा रहने छन्। उनी ३० वर्षे सेवा अवधिका कारण आगामी असार २४ गते अवकास पाउने छन्।

ठाकुर महानिरीक्षक खनालकै व्याची हुन्। उनी वैकल्पिकमा  २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। २०२२ असोज २८ गते प्युठानको झिमरुक गाउँपालिकामा जन्मिएका ठाकुर प्युठानको बालशिक्षा माविबाट २०३७ मा एसएलसी उतीर्ण गरेका हुन्। ज्ञवालीको पहिलो पोष्टिङ प्रहरी प्रधान कार्यालयको अनुसन्धान विभागमा भएको थियो।

 

7180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका