जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राणा र पन्तका कारण अर्बै खरानी

आर्थिक विशेष

राणा र पन्तका कारण अर्बै खरानी

राणा र पन्तका कारण अर्बै खरानी

भूपेन्द्र आचार्य । नेपाल इन्भेष्टमेण्ट बैंक र स्टेण्डर चार्टड बैंक नेपाल लिमिटेडले विदेशी कम्पनीलाई बैंक ग्यारेन्टी वापद दिएको ३ अर्ब आउँदा हिमालायन र बैंक अफ काठमाण्डू लिमिटेडको १ अर्ब ५० करोड हरायो ? मेलम्चीको चिसो पानी काठमाडौं ल्याउने ठेक्का पाएको चिनीयाँ ठेकेदार कम्पनीलाई रातारात हिमालयन बैंकका सीइओ अशोक शम्शेर राणा र विओकेका तत्कालीन सीइओ राधेश पन्तले दिएको अबैं नेपाली जनताको पैसा खरानी भएको छ । हराएको छ । उने छाटकाट नै छैन । ठेकेदार कम्पनी ठेक्का छाडेर देश फर्केको करिब ३ वर्ष भन्दा बढि भएको छ । मुद्दा मामिला चलेको छ तर पैसा उठ्ने सम्भावना नै देखिदैन ।

नेपालका वाणिज्य बैंकहरुले विदेशी कम्पनीका ठेकेदारहरुलाई बैंक ग्यारेन्टी मार्फत दिएको अर्बै नेपाली पैसा फसेका छ । हालै नेपालका ठूला दुई बैंक नेपाल इन्भेष्टमेण्ट बैंक र स्टेण्डर चार्टड नेपाल बैंकको ३ अर्ब नेपाली पैसा इटालीको इटालियन ठेकेदार कम्पनी सीएमसीलाई काउण्टरमा बैंक ग्यारेन्टी वापत दिएको दुवै बैंकको ३ अब पैसा उठेको बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले आर्थिक बजार ज्यूज डटकमलाई बताए ।

उनीले आर्थिक बजार न्यूजडटकमको एक भेटमा भनेः– हाम्रो नेपाल इन्भेष्टमेण्ट बैंक र स्टेण्डर चाटर्ड बैंकले काउण्टर ग्यारेन्टी वापत इटालीको ठेकेदार कम्पनी सीएमसीलाई दिएको बैंक ग्यारेन्टी हालै फिर्ता भएको छ । तर बजारमा डुबेको हल्ला चलाइएको छ । यो गलत हो ।

नेपालका दर्जनौ वाणिज्य बैंकहरुले बेला बखत विदेशी ठेकेदार कम्पनीहरुलाई दिएको बैंक ग्यारेन्टी वापतको रकम नउठेपछि पछिल्लो समय यस्ता बैंक ग्यारेन्टी दिन बैंकहरु तयार देखिएका छैन । राज्यले पनि बैंकले दिएको बैंक ग्यारेन्टी बारे दोहोरो भूमिका खेलेको कारण विगत ७ वर्ष अगाडी बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंक लिमिटेडले मेलम्ची खानेपानीको चिनीयाँ ठेकेदारलाई दिएको करिब १ अर्ब ५० करोड अझै उठेको छैन । अहिले चीनको अदालतमा मुद्दा परेको छ । चिनीया अदालतले यी दुई बैंक संग कागजपत्र झिकाउने काम भएको र पैसा उठेने आशा जिवितै रहेको हिमालयन बैंकका सीइओ अशोक शम्शेर राणाले आर्थिक बजार न्यूज डटकमसंग बताए ।

यी दुई बैंकको धरौटी रकम तत्कालीन सरकार र राष्ट्र बैंकले रोकिदिएको भए उठ्ने थियो तर सम्बन्धीत निकायले चासो नदेखाएपछि जनाको पैसा हराएको देखिन्छ ।

के राष्ट्र बैंकले पहल नगरेकै हो त भनी तत्कालीन राष्ट्र बैंकका डिपुटी गर्भनर तथा हालका नेपाली लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीसंग प्रतिक्रिया माग्दा उनीले भनेः– ठेकेदार कम्पनीले नतिरे हामी पैसा तिर्छौं भनी बैंकहरु ग्यारेन्टी बसेका थिए । पैसा ठेकेदारले नतिरे पनि राज्यले पैसा लिएको हो । धरौटी दिँदा पनि त बैंकले लाखौं कमिशन लिएको हुन्छ नि तरपनि राष्ट्र बैकले उठाउन पहल गरेकै हो तर पार लागेन ।

तत्कालीन बैंक अफ काठमाण्डू लिमिटेडका सीइओ राधेश पन्तले दिएको उक्त बैंक ग्यारेन्टी अझै नउठेपछि उनी हाल बैंकमा संचालक छन् ।

हालै बैंक अफ काठमाण्डू लिमिटेडका दक्ष, अनुभवी सीइओ सोहन देव पन्त सीइओ भएर आएपछि उक्त बैंक ग्यारेन्टी वापत दिएको पैसा उठाउन पहल भैरहेको देखिन्छ ।

यी दुई हिमालयन र विओकेको उक्त रकम नउठेकै कारण नाफा घटेको र लगानीकर्ता मारमा परेको सर्वविधितै छ । उता इटालियन ठेकेदार कम्पनी सीएमसीलाई धरौटी वापत नेपाल इन्भेष्टमेण्ट बैंक र स्टेण्डर चार्टड बैंकले दिएको बैंक ग्यारेन्टी रकम फिर्ता ल्याउन सफल भएको देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले २६ लाख ८ हजार यूरो तथा ५५ लाख ५३ हजार अमेरिकी डलर र १६ करोड ४७ लाख १० हजार नेपाली रुपैयाँ काउण्टर ग्यारेन्टीका रुपमा सीएमसीलाई दिएको थियो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ अर्ब ५० करोड रुपैयाँ आइसकेको बुझिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले काउण्टर ग्यारेन्टी दायित्व लिएको ७३ लाख ७३ हजार यूरो र ३ करोड ४१ लाख ९४ हजार नेपाली रुपैयाँ दिएको थियो ।

लामो समय हिमालयन र विओकेको चिनिया ठेकेदार कम्पनीलाई धरौटी वापत दिएको अबैं पैसा नउठेपछि यी बैंकको चर्को आलोचना हुँदै आएको छ । यो पैसा उठाउन नेपाल सरकारले परराष्ट मन्त्रालय मार्फत तत्कालै पहल गरिदिए जनताको पैसा उठ्ने देखिन्छ । स्मरणीय रहोस् नेपालको विकास बैंकहरुले बैंक ग्यारेन्टी र क्रेडिट कार्ड दिने सुविधा अझै पाएका छैनन् । सचेत भया ।

9335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका