जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ढुंगानाले लिए सपथ, नयाँ कार्यकारीमा कसले गर्दैछ लबिङ?

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ढुंगानाले लिए सपथ, नयाँ कार्यकारीमा कसले गर्दैछ लबिङ?

राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त सञ्चालक समिति अध्यक्ष दिलीपकुमार ढुंगानाले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सपथ लिएका हुन्।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो। उनले व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका छन्। उनले बिहीबार नै पदबहाली गरेका छन्।

यसअघि बैंकको सञ्चालकमा अनलकुमार भट्टराई नियुक्त भइसकेका छन्।

आगामी चैतमा बैंकको प्रमुख कार्यकारी अधिकृत पद खाली हुँदैछ। दुई कार्यकाल पुरा गरेर किरणकुमार श्रेष्ठ अवकाश हुँदैछन्।

बैंकको कार्यकारी प्रमुख हुन अहिलेबाटै दौडधुप सुरु भइसकेको छ। अनुकूलको प्रमुख कार्यकारी बनाउन ढुंगानादेखि भट्टराईसम्म सञ्चालक समितिमा पुगेको बताइन्छ। स्रोतका अनुसार, राष्ट्रिय वाणिज्य बैंककै पूर्व उच्च कर्मचारी आगामी प्रमुख कार्यकारी अधिकृत हुँदैछन्।

2980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका