जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सेयर बजारमा राष्ट्र बैंकले नियन्त्रणमूखि नीति !

सेयर बजारमा राष्ट्र बैंकले नियन्त्रणमूखि नीति  !

सेयर बजारले ऐतिहासिक रेकर्ड राखेकै दिन नेपाल राष्ट्र बैंकले ‘स्पिड ब्रेकर’ लगाइदिएको छ। नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचिकृत कम्पीहरुको मंगलबार हालसम्मकै उच्चतम कारोबार भएको थियो भने सूचकले पनि ऐतिहासिक रेकर्ड राखेको थियो।

दिनभरीमा ११ अर्ब ३५ करोडको सेयर किनबेच भएको थियो भने सूचक २७९३ अंक पुगेको थियो। यो दुबै ऐतिहासिक रेकर्ड हुन्।

तीन बजे रेकर्ड राखेर बजार बन्द भएक  १५ मिनेटपछि नेपाल राष्ट्र बैंकले नेप्सेको गतिलाई रोक्ने नीति सार्वजनिक गरेको थियो। राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गर्दै चलाखीपूर्ण तरिकाले बैंकिङ ऋणमा कडाइ गरेको छ।

सेयर धितो मूल्यांकनको सीमा यथावत राखेर राष्ट्र बैंकले मूल्याङ्कन विधिमा हेरफेर गरेको हो। चालु बर्षको मौद्रिक नीतिमार्फत ऋण मूल्यांकन बढाएको राष्ट्र बैंकले पुसबाटै सेयर बजार प्रभावित गर्न खोजेको थियो।

राष्ट्र बैंकले सेयरको मूल्याङ्कन १२० दिनबाट बढाएर १८० दिन पुर्याएको हो। यसरी मूल्याङ्कन गर्दा धितोमो मोल कम आउँछ। पछिल्लो समय सेयर बजारमा सर्वाधिक ऋण गएको पुष्टी भएपछि राष्ट्र बैंकले नियन्त्रणमूखि नीति लिएको हो।

विश्लेषकहरुले राष्ट्र बैंकको नीतिले बजारलाई प्रभावित पार्ने बताएका छन्। पाइरहेको ऋण कम हुने बित्तिकै त्यसको असर स्वभाविक रुपमा पर्ने भन्दै एक विश्लेषकले भने- तर बजारको मुड उकालो छ। यसो हुँदा एकाध दिन बजार प्रभावित भएपनि ऋणमा अंकुशकै कारणले रातो दिशामा जान सक्दैन।

8310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका