जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • विकास बैंकहरुको नाफा आश्र्यशजनक

आर्थिक विशेष

विकास बैंकहरुको नाफा आश्र्यशजनक

विकास बैंकहरुको नाफा आश्र्यशजनक

भूपेन्द्र आचार्य । २८ वाणिज्य बैंकहरुको जस्तै गरि ३१ वटा विकास बैंकहरुले आफ्नो नाफा सार्वजनिक गरेका छन् । नाफा कमाउनु आफैमा राम्रो हो । तर नाफा के हो । वास्तविक नाफा कति हो । नाफा कमाउने होडवाजीमा बैंक र विकास बैंकहरु फस्दै गएको देखिन्छ ।

विकास बैंकहरुले लगानी गरेका सयौं उद्योग धरासायी बन्दै गएका छन् । तर पनि विकास बैंक घाटामा छैनन् । सधैं नाफामा ? चर्को तरलता अभाव भोगेको बैंक र विकास बैंकहरु सधैं नाफामा जानुको पर्दा पछाडीको कारण खोजी गर्न अब ढिलाई गर्नु हुँदैन ? केही वर्ष अगाडी मात्रै काठमाण्डैं छिरेको मुक्तिनाथ विकास बैंकले नाफामा चमत्कार मात्रै गरेको छैन । महाचमत्कार गरेको देखिन्छ । यस्तै केही वर्ष अगाडी काठमाण्डौ छिरेको अर्को बैंक गरिमा विकास बैंकले पनि नाफामा छलाङ्ग मार्दै दोस्रो स्थान ओगट्न सफल भएको देखिन्छ ।

मुक्तिनाथले नाफामा लगातार अरुलाई उछिनेको मात्रै छैन, नाफाको ग्याप पनि उत्तिकै बढाउँदै लगेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा मुक्तिनाथले ६० करोड २० लाख रुपैयाँ कमाएको देखिन्छ । यस्तै मुक्तिनाथपछि धेरै नाफा कमाउने बैंक हो गरिमा । गरिमाले चालू आर्थिक वर्षको ९ महिनामै ४२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएर मुक्तिनाथलाई पछ्याउँदै दोस्रो स्थान ओगट्न सफल भएको छ । तर, नाफाका आधारमा पहिलो हुने मुक्तिनाथ भन्दा दोस्रो हुने गरिमाले १७ करोड ८२ लाख रुपैयाँ मात्र कम नाफा कमाएको देखिन्छ ।

३९ करोड ६१ लाख रुपैयाँ कमाएर कैलाश विकास बैंक नाफाका आधारमा तेस्रो छ । कुनै समय यो नाफाका आधारमा पहिलो थियो ।

३९ करोड रुपैयाँ नाफा कमाउँदै नाफामा गण्डकी विकास बैंक चौथो स्थानमा भने ३८ करोड ७९ लाख रुपैयाँ कमाउँदै महालक्ष्मी विकास बैंक पाँचौं स्थानमा छ ।
त्यसैगरी, ३४ करोड ७३ लाख ७५ हजार रुपैयाँ नाफा कमाउँदै ओम डेभलपमेन्ट बैंक छैठौं स्थानमा छ भने ३४ करोड ३५

लाख रुपैयाँ नाफा कमाएर लुम्बीनी विकास बैंक सातौं स्थानमा छ ।
त्यस्तै, २८ करोड ५४ लाख रुपैयाँ कमाएर ज्योति विकास बैंक आठौं, २५ करोड ५३ लाख रुपैयाँ कमाउँदै देव विकास बैंक नवौं, २३ करोड १९ लाख रुपैयाँ कमाउँदै सा्रग्रिला विकास बैंक दशैं र २१ करोड २१ लाख रुपैयाँ कमाउँदै कामना सेवा विकास बैंक राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये अन्तिम स्थानमा छ ।

निक्षेप, कर्जा, प्रतिसेयर आम्दानीलगायतका सूचकहरुमा पनि मुक्तिनाथ नै पहिलो नम्बरमा छ । ०७५ चैत मसान्तमा मुक्तिनाथले ०७४ चैतको भन्दा ३ अर्ब ६६ करोड ६७ लाख रुपैयाँले बढाएर ४१ अर्ब ८० करोड ४९ लाख रुपैैयाँ निक्षेप संकलन गरेको छ ।

निक्षेपको वृद्धिदर र निक्षेप संकलन दुबैमा मुक्तिनाथलाई गरिमाले नै पछ्याइरहेको छ । एक वर्षको अवधिमा गरिमाले ३ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ बढाएर ०७५ चैत मसान्तमा ३० अर्ब ३५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
कूल निक्षेप संकलनका हिसाबमा भने गरिमा भन्दा १४ करोड रुपैयाँ बढी संकलन गरेर महालक्ष्मी दोस्रो स्थानमा छ । तर, महालक्ष्मीको निक्षेपको वृद्धिदर भने गरिमाको भन्दा आधा मात्रै छ । एक वर्षको अवधिमा १ अर्ब ५९ करोड रुपैयाँले बढाउँदै ३० अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यसैगरी, २ अर्ब ७५ करोड ५३ लाख रुपैयाँले बढाउँदै कैलाश विकास बैंकले ०७५ चैत मसान्तमा २९ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यो अवधिमा एक अर्ब २९ करोड ५२ लाख रुपैयाँ बढाउँदै गण्डकीले ०७५ चैतसम्ममा २७ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेकोछ ।

एक वर्षको निक्षेपको वृद्धिदरका आधारमा ज्योति निकै अगाडि छ । एक वर्षको अवधिमा ज्योतिले ३ अर्ब ६२ करोड रुपैयाँले बढाएर ०७५ चैतसम्ममा २७ अर्ब २० करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यस्तै, एक वर्षको अवधिमा १ अर्ब ११ करोड ४२ लाख रुपैयाँले बढाउँदै ओमले ०७५ चैतसम्ममा २४ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९१ करोडले बढाउँदै लुम्बीनीनले २४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै २ अर्ब ९९ करोडले बढाएर कामना सेवाले ०७५ चैतमा २० अर्ब अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३७ करोड रुपैयाँले बढाएर सांग्रिला डेभलपमेन्ट बैंकले २० अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
निक्षेप संकलनका हिसाबले देब विकास बैंक अन्तिममा छ । देबले यो एक वर्षको अवधिमा जम्मा ८१ करोडले मात्रै बढाएर १७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यति राम्रा प्रतिफल विकास बैंक्हरुले सार्वजनिक गरेका त छन् । तर यथार्थ के हो ? यसको उत्तर कसले पाठकलाई दिने हो गर्भनर साब ? नाफा कमाउने प्रतिफल लगानीकर्तालाई दिन राम्रो कुरा हो । तर पत्याउनै गाह्रो नाफा कमाएर १÷२ नम्बरको बैंक बन्ने होडवाजी गर्नु चाहिँ भविष्यका लागि राम्रो प्रतिफल होइन । सचेत भया ।

5845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका